Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

क्यान्सर पीडित संगीताद्वारा सहयोगको अपिल

भाद्र २३, २०७२- फोक्सोको क्यान्सरले पीडित नेपाली युवती संगीता घिमिरे (उषा खराल)ले आफ्नो उपचारमा सहयोग पुर्‍याइदिन सबैसँग अपिल गरेकी छिन् ।
 
करिब सातबर्षअघि बिद्यार्थी भिषामा अष्ट्रेलिया आएकी संगीताको सामान्य उपचारका क्रममा केही दिनअघि मात्र फोक्सोमा क्यान्सर रहेको पत्ता लागेको थियो । अहिले चौथो स्टेजमा रहेको भनिएको उनको उपचारमा ५२ हजार डलर खर्च गरिसकिएको र अझै करिब ६५ हजार डलर खर्च लाग्ने बताएपछि सहयोगको लागि अपिल गरेकी छिन् ।
श्रीमान एक छोरा र एक छोरीकी आमा संगीता ३५ बर्षकी मात्र छिन् । नेपालको गुल्मी घर भएकी संगीताको अहिले सिड्नीको कोग्राहास्थित सेन्ट जर्ज अस्पतालमा उपचार भइरहेको छ । उनको सहयोगका लागि अहिले फेसबुक लगायतका सोसल मिडियाहरुबाट समेत सहयोगको आग्रह गरिएको छ भने आप्रवासी नेपाली संगठन एनआरएनले समेत सहयोगको लागि आग्रह गरेको छ ।
उनलाई सहयोग गर्न चाहने जोसुकै ब्यक्तिहरुले तलको खाता नम्बरमा आफ्नो सहयोग रकम जम्मा गरिदिन आग्रह गरिएको छ ।
संगीता घिमिरे
कमनवेल्थ बैंक
खाता नम्बर: १०४४९०८६
बिएसबि: ०६२१९०
Ą
https://www.flickr.com/photos/spklg/15211044551/