Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

गाैर तनावग्रस्त, प्रहरीको गोली लागि दुई घाइते

गौर– कर्फ्यु अवज्ञा गर्दै दुई-तीन हजार प्रदर्शनकारीले प्रहरीमाथि ढ्ंगामुढा गरेपछि गौर तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जनभन्दा बढी राउन्ड गोली प्रहार गरेको छ। कविर चाेकमा प्रहरीले चलाएको गोली लागि गौर–६ लालबाबु पटेल र
अकोलवा–७ नहिरुद्धिन घाइते भएका छन्। ४५ वर्षे पटेलको कोखामा गोली लागेको छ। नहिरुद्धिनको चाकमा गुप्ताङ्गमा लागेको छ।
घाइते उनीहरुको जिल्ला अस्पताल गाैरमा उपचार सम्भव नभएपछि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज रेफर गरिएको छ। घाइतेमध्येका एकजना निहरुद्धिन माओवादीको भोजपुरा राज्य सिमिति सदस्य तथा वाइसिएल कार्यकता हुन्। सुरुमा प्रदर्शनकारीले ढुंगामुढासँगै गोली फायरिङ भएपछि प्रहरीले ८ राउन्ड हवाइ फायर गरेको थियो।
प्रदर्शन भइरहेको स्थान कविर चाेक। तस्विरः मदन

गाउँगाउँबाट लाठी बोकेर अाएका दुई हजारभन्दा बढी प्रदर्शनकारीले कर्फ्यु अवज्ञा गर्दै कविर चोक र बडहवा चोकमा झडप भइरहेको छ।
'उताबाट फायरिङ भएको छ', प्रहरी निरीक्षक रामप्रका चौधरीले नागरिकन्युजसँग भने, 'स्थिति नियन्त्रणमा लिन हाम्रोतर्फबाट ८ राउन्ड हवाइ फायर भएको छ।'
 
घाइतेको गाैर जिल्ला अस्पतालमा उपचार गरिँदै। तस्विरः मदन
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र मुस्लिम गठबन्धले संयुक्तरुपमा विरोध सभा आयोजना गर्ने सूचना पाएपछि स्थानीय प्रशासनले गौरका विभिन्न क्षेत्रहरुमा २ बजेदेखि अनिश्चतकालसम्मका लागि कर्फ्यु लगाएको हो। नयाँ बसपार्कदेखि गौर भन्सार र बरहवा पुलदेखि टिकुलियासम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए।


 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/