अकोलवा–७ नहिरुद्धिन घाइते भएका छन्। ४५ वर्षे पटेलको कोखामा गोली लागेको छ। नहिरुद्धिनको चाकमा गुप्ताङ्गमा लागेको छ।
घाइते उनीहरुको जिल्ला अस्पताल गाैरमा उपचार सम्भव नभएपछि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज रेफर गरिएको छ। घाइतेमध्येका एकजना निहरुद्धिन माओवादीको भोजपुरा राज्य सिमिति सदस्य तथा वाइसिएल कार्यकता हुन्। सुरुमा प्रदर्शनकारीले ढुंगामुढासँगै गोली फायरिङ भएपछि प्रहरीले ८ राउन्ड हवाइ फायर गरेको थियो।
प्रदर्शन भइरहेको स्थान कविर चाेक। तस्विरः मदन
गाउँगाउँबाट लाठी बोकेर अाएका दुई हजारभन्दा बढी प्रदर्शनकारीले कर्फ्यु अवज्ञा गर्दै कविर चोक र बडहवा चोकमा झडप भइरहेको छ।
गाउँगाउँबाट लाठी बोकेर अाएका दुई हजारभन्दा बढी प्रदर्शनकारीले कर्फ्यु अवज्ञा गर्दै कविर चोक र बडहवा चोकमा झडप भइरहेको छ।
'उताबाट फायरिङ भएको छ', प्रहरी निरीक्षक रामप्रका चौधरीले नागरिकन्युजसँग भने, 'स्थिति नियन्त्रणमा लिन हाम्रोतर्फबाट ८ राउन्ड हवाइ फायर भएको छ।'
घाइतेको गाैर जिल्ला अस्पतालमा उपचार गरिँदै। तस्विरः मदन
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र मुस्लिम गठबन्धले संयुक्तरुपमा विरोध सभा आयोजना गर्ने सूचना पाएपछि स्थानीय प्रशासनले गौरका विभिन्न क्षेत्रहरुमा २ बजेदेखि अनिश्चतकालसम्मका लागि कर्फ्यु लगाएको हो। नयाँ बसपार्कदेखि गौर भन्सार र बरहवा पुलदेखि टिकुलियासम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए।
सीमांकनको विरोध र सरकारले यसअघि गरेका सम्झौता कार्यन्वयनको माग गर्दै उनीहरुले विरोध सभा आयोजना गरेका हुन्। मोर्चाले गौर राइस मिलको प्रांगनमा विरोध सभा आयोजना गर्ने बताइएको छ।
सम्भावित धनजनको क्षति हुन नदिन कर्फ्यू लगाउन परेको भुजलले बताए। उनका अनुसार सीमाक्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।
सम्भावित धनजनको क्षति हुन नदिन कर्फ्यू लगाउन परेको भुजलले बताए। उनका अनुसार सीमाक्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।
News in Nagariknews.com