Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

झापाको दुईवटा चर्चमा बम बिस्फोट

भाद्र २९, २०७२- झापाको विभिन्न ठाउँमा रहेको चर्चमा सोमबार राति बम बिस्फोट गराइएको छ ।

इलाका प्रहरी कार्यलय दमकका अनुसार राति साढे ११ बजेतिर दमक-१० स्थित ज्योति चर्च र त्यही समयमा खजुरगाछिको इण्डाइनियल वेष्टल्याड चर्चमा बम बिस्फोट गराइएको छ।

बिस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । यता दमकको चर्चमा भने एउटा बम गेटमा र अर्को चर्चको दक्षिणतिरको झ्यालमा पड्काइएको डिएसपी इश्वर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार बमले झ्यालका सिसाहरु फुटेका छन् । यो घटनाले आफूहरुलाई दुखित बनाएको ज्योती चर्चका पाश्चर एडी थुलुङले बताए । यस विषयमा आधिकारिक धारणा केहीबेरपछि बैठक बसेर सार्वजनिक गरिने थुलुङले बताए ।
यस्तै गौरादहको चर्चमा पनि बम राखिएको थियो । प्रहरीका अनुसार उक्त बम भने पड्किएन ।
तीनवटै घटनास्थलमा हिन्दू मोर्चा नेपालका पर्चाहरु भेटिएको प्रहरीले जनाएको छ । पर्चामा मधेसी, थारु, संविधानसभाभन्दा बाहिर भएका दलहरुलाई वेवास्ता गरिएको र तीन दलले बहुसंख्यक हिन्दुहरुलाई वेवास्ता गर्दै धर्म निरपेक्ष राज्य घोषणा गरेकोमा आपत्ति जनाइएको छ । पर्चामा काठमाडौंमा अनसनरत हिन्दुधर्मीहरुलाई वेवास्ता गरिएकोमा आक्रोश व्यक्त गरिएको छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/