Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

थारु नेताहरुले तीन दलका प्रमुखसँग मात्रै वर्ता गर्ने \

काठमाडौं- थरुहट/थारुवान संयुक्त संघर्ष समितिले तीन दलका प्रमुखसँग मात्रै वर्ता गर्ने निष्कर्ष निकालेको छ। सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएमात्रै वार्तामा बस्ने निर्णय गरेको हो।
बैठकमा सहभागी थारु कल्याणकारिणी सभाका पूर्व महामन्त्री राजकुमार लेखीले बैठकको निर्णय टेलिफोनबाट माओवादी अध्यक्ष दाहाललाई जानकारी गराइएको बताए। 'उहाँहरुबाट सकारात्मक जवाफ आए हामी वार्ताका लागि तयार छौं,' लेखीले नागरिकन्युजसँग भने, 'यो सन्देश हामीले तीन शीर्ष नेतासमक्ष पठाएका छौं।'

तीन पार्टीका शीर्ष नेता सहभागी नभएको वार्ताको औचित्य नभएको उनले बताए। थारुका मागप्रति तीन दलले नै समर्थन जनाउन जरुरी रहेको उनले बताए। 'हाम्रा मागप्रति तीन दलकै शीर्ष नेता सहमत हुनपर्‍यो,' उनले नागरिकन्युजसँग भने, 'एक्लाएक्लै वार्ता गरेर सहमति हुँदैन। त्यसका निम्ति सबैसँग एकैपटक वार्ता गर्न जरुरी छ।'

उनका अनुसार समितिले वार्ता सँगसँगै आन्दोलनलाई पनि निरन्तरता दिने भएको छ। थारुका माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनले बताए।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/