Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

पर्वले प्रगाढ बनाउँदै छ सामुदायिक अन्तरघुलन

लहान– लहान–४ कि सुनिती यादव तीजको ब्रत बस्न थालेको यो नवौं वर्ष हो। ०६३ मा बैवाहिक बन्धनमा बाँधिएको वर्षदेखि उनले तीजको ब्रत बस्न थालेकी हुन्।
Teej_Ma_Madheshi_Mahila_11.jpg
यो पर्व त पहाडी समुदायको महिलाले मनाउने होइन र ? भन्ने प्रश्नमा यादवको जवाफ थियो, 'पहाडी समुदायको महिलाले मनाउने पर्व मधेसी महिलाले मनाउन हुन्न र ?' यो पर्व हिन्दु धर्माबलम्बी महिलाले मनाउने पर्व हो उनले थपिन्, 'भगवानले पहाडी–मधेसी छुट्टउँदैनन्, अनि हामी किन विभेद गर्नू ?'

हिन्दु धर्मावलम्बी महिलाहरुले बुधवार दुई वटा पर्व उत्साहपूर्व मनाउँदै छन्, चउरचन(चौठ चान्द) र तीज । यी दुई पर्व नेपाली समाजका दुई समुदायले मनाउने सांस्कृतीक पर्व हो। पहाडी समुदायका महिलाले मनाउने संस्कृतीक पर्व 'तीज' र मधेसी समुदायका महिलाले मनाउने सांस्कृतिक पर्व 'चउरचन'।
Teej_Ma_Madheshi_Mahila_21.jpg
पहाडी समुदायका महिलले पहिलादेखि मनाउँदै आएको तीज पछिल्लो समय मधेसी महिलाले पनि उतीकै श्रद्धा र उल्लासका साथ मनाउन थालेका छन्।

मधेसी महिलाहरु तीज पर्वलाई उत्तीकै श्रद्धा र उल्लासका साथ मनाउँछन्, जसरी पहाडी महिलाहरुले मनाउँछन्। मधेसी महिलाहरु बुधबार बिहान सुर्य उदाउनुअघि दर खाएर व्रतको सुरुवात गरेपछि २४ घण्टासम्म निर्जल र निराहार बस्छन्। यी ब्रतालुहरु बिहीबार बिहान मात्र अन्नपानी ग्रहण गर्ने बताउँछन्।

तीजलाई महादेव–पार्वतीको कथासँग जोडेर हेर्दा पार्वतीले महादेव वर पाउन यो ब्रत वसेको पाइन्छ। तीजको ब्रत बसेपछि पार्वतीले शीवलाई वर(पति)को रुपमा प्राप्त गरेको कथामा उल्लेख भएको पाइन्छ । यही कथालाई आत्मसात गर्दै बिवाहिता महिलाले पतिको सुस्वास्थ्य र दीर्घायुको लागि र अबिवाहिता महिलाले मन पाएको र असल पतिका लागि तीज ब्रत बस्ने प्रचलन छ।

पछिल्लो समय मधेसी महिलाहरु यो पर्वको महत्व बुझेर ब्रत बस्न थालेपछि मधेसी र पहाडी महिलाबीच अन्तरंग सम्बन्धलाई सांस्कृतिक रुपले अझ प्रगाढ बनाउने काम गरेको सांस्कृतिक जानकारहरु बताउँछन्।

लहानकी कबिता साह भन्छिन्, 'छठ पर्वको महत्व बुझेर पहाडी समुदायका महिलाहरु पनि सहभागी हुन थालेका छन्। तीजको महत्व बुझेर हामी सहभागी भएका छौं,' उनले थपिन्। एक अर्काको सांस्कृतिक पर्वको महत्व बुझेर जनाइएको सहभागिताले सामुदायिक सद्भाव र सम्बन्ध प्रगाढ हुने साहको भनाइ छ।

गोलबजारकी बेला श्रेष्ठ, ककुन्ति साह र रुपा यादव घनिष्ट मित्र हुन्। उनीहरु एक सातासम्म सँगै तीजमा रमाउँछन्। एक अर्काको घर दर खान जाने, नाचगान गर्न उनीहरु ब्यस्त रहन्छन्। 'तीजको रमझम र उत्साहमासंगै रमाउँदा जातपातको कुरा कहिल्यै हाम्रो दिमागमा आएन,' ककुन्तीले सुनाईन्। पर्वमा हामीले भगवानको आराधना गर्ने हो उनी भन्छिन,'भगवानले जातिपाति मान्दैन, हामी किन मान्ने ।'

छठमा पनि पहाडी र मधेसी समुदाय बिच यस्तै आत्मीय सद्भाव छ। लहान ७ का सुरेन्द्र श्रेष्ठ भन्छन्, 'वर्षौं भयो छठमा हाम्रो अर्घ छिमेकी प्रदीप गुप्ताकी आमाले चढाउँदै आउनुभएको छ। हामीबीचको यो सांस्कृतिक सम्बन्ध दशकौं पुरानो हो,' उनले भने, 'छठको घाटमा सबै जाति समुदायको थलो एउटै हुन्छ। जसरी यहाँको समाजमा सद्भाव छ, त्यसैगरी यहाँको सांस्कृतिक पर्वहरुमा पनि,' उनले थपिन्।

पूर्व–पश्चिम लोकमार्गको छेउछाउ र उत्तर चुरेसम्मको भूभागमा पहाडी–मधेसी समुदायको छासमिस बसोवास छ। लहानका समाजसेवी दुर्गाप्रसाद महतो भन्छन्, 'यस क्षेत्रमा बसोवास गर्ने समुदाय(पहाडी–मधेसी) बीचको सांस्कृतिक आदान–प्रदानले सामुदायिक सद्भावलाई र रहनसनलाई सुमधुर र प्रगाढ बनाएको छ। सांस्कृतिक अन्तरघुलनले यहाँ छासमिस भएर बसेका समुदायहरुको विशिष्ट सामाजिक परीवेश निर्माण भएको छ।
From Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/