Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

आर्यन–प्रियंका ‘मरिना’ मा

भाद्र २९, २०७२- शनिबार मात्रै आयोजित एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा अभिनेतामा आर्यन सिग्देल र अभिनेत्रीमा प्रियंका कार्की भाग्यमानी रहे । उनीहरूले मनोनयनमा परेका अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै अवार्ड आफ्नो नाम पारेका हुन् । यति बेला त्यही जोडी लिएर निर्देशक अनुप गिरीले ‘मरिना’ बनाउने भएका छन् । निर्माणमा साथ दिँदै छन्,’ सञ्चारकर्मी श्याम अर्यालले ।

आर्यन र प्रियंकालाई भने फिल्ममा अवार्डअघि नै अनुबन्ध गरिसकिएको थियो । फिल्मको साइत पनि अवार्ड हुनु एक दिनअघि मात्रै दुबईमा निकालिसकिएको थियो । मुहूर्त सट दिन आर्यन दुबई पुगेका थिए र उनले त्यहाँ नेप्लिज आर्टिस्ट ग्रुपको उद्घाटन पनि गरेका थिए । दुबईमा आयोजित तीज महोत्सवको छेकोमा सञ्चारकर्मी श्यामले आफ्नो फिल्मको मुहूर्त अन्तर्राष्ट्रिय प्लाटफर्मबाट गराएका हुन् ।
मिजेल पिक्चर्सको ब्यानरमा रतन थापाको लगानीमा बन्न लागेको ‘मरिना’ लाई सस्पेन्स थ्रिलर श्रेणीको फिल्म बताइएको छ । महिना दिनभित्रै सुटिङ सुरु गरिने फिल्मका निर्देशक तथा लेखक अनुपले यसअघि ‘कुण्ठा’ निर्देशन गरिसकेका छन् । सञ्चारकर्मी श्यामले पनि ‘प्रोडयुसर’ फिल्म निर्माण गरिसकेका हुन् ।
आर्यन र प्रियंका अभिनीत पछिल्लो फिल्म ‘माला’ ले व्यावसायिक सफलता हात नपारे पनि समीक्षकबाट भने तारिफ बटुलेको थियो । प्रियंका यसै वर्ष चलचित्र समीक्षक समाजद्वारा प्रदान गरिने क्रिटिक्स अवार्डमा ‘सुन्तली’ बाट उत्कृष्ट अभिनेत्रीमा पुरस्कृत भएकी थिइन् ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/