Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

धेरै पैसा कमाउने दश फुटबल खेलाडी

भाद्र २४, २०७२- फुटबलको चमकधमक संसारभर नै छ । खेलाडीको सफलता उसको खेलमात्र नभएर उसको आम्दानीबाट पनि गरिन्छ । विश्वका चर्चित खेलाडीको आम्दानी कुनै धनाढ्य व्यापारीको भन्दा कम छैन् । फुटबलको वढ्दो व्यवसायिकता र यसको ग्ल्यामरको कारण पनि यसो भएको हो ।  विश्वमा सबैभन्दा धेरै पैसा कमाउने १० फुटबल खेलाडी कोको हुन् त ?
१० . लुइस स्वारेज, १९ .९ मिलियन डलर
लुइस स्वारेज उरुग्वेका स्ट्राइकर हुन् जो स्पेनको बार्सिलोनाबाट क्लब फुटबल खेल्छन् । उनले वार्षिक १९ .९ मिलियन डलर कमाउँछन् । जसमा १५ .४ मिलियन डलर तलब पाउँछन् भने ४ .५ मिलियन डलर विभिन्न ब्रान्डका बिज्ञापनको लागि कमाउँछन् ।
९. सर्जियो अगुइरो, २५ .३ मिलियन डलर

अर्जेन्टिनी मुलका खेलाडी सर्जियो अगुइरोले वार्षिक २५ .३ मिलियन डलर आम्दानी गर्छन् । इङ्गलिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका लागि व्यवसायिक फुटबल खेल्ने उनले क्लबबाट वार्षिक १८.१ मिलियन डलर तलब पाउँछन् भने विभिन्न ब्रान्डका विज्ञापन बापत ७.२ मिलियन डलर । पुमा, पेप्सी र जिलेट अगुइरो प्रमुख ब्रान्ड हुन् ।
८. जेम्स रोड्रिग्वेज, २५.४ मिलियन डलर

कोलम्बियाली मुलका जेम्स रोड्रिग्वेजले वार्षिक २५.४ मिलियन डलर कमाउँछन् । स्पेनिस क्लब रियल म्याड्रिडबाट क्लब फुटबल खेल्ने रोड्रिग्वेजले खेले बापत वार्षिक २१.४ मिलियन डलर खेलेको तलब पाउँछन् भने उनले ४ मिलियन डलर विभिन्न कम्पनीका ब्रान्डिङ्गका लागि कमाउँछन् ।
७. वाइन रुनी, २५.८ मिलियन डलर

इङ्गल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका कप्तान वाइन रुनीले वार्षिक २५.८ मिलियन डलर कमाउँछन् । उनी क्लबबाट १९ मिलियन डलर तलब थाप्छन् भने विभिन्न ब्रान्डको विज्ञापनबापत ६.८ मिलियन डलर कमाउँछन् ।
६. रामाडेल फाल्काओ, ३१ मिलियन डलर

कोलम्बियाका राडामेल फल्काओले वार्षिक ३१ मिलियन डलर आम्दानी गर्छन् । जसमा २७ मिलियन क्लबबाट पाउँछन् भने ४ मिलियन विभिन्न ब्रान्डका लागि ब्रान्ड एम्बेस्डर भएबापत । एएस मोनाकोका खेलाडी फल्काओ हाल लोनमा इङ्गलिस क्लब म्यान्चेष्टर युनाइटेडबाट व्यबसायिक फुटबल खेल्दै छन् ।
५. नेमार, ३१.७ मिलियन डलर

ब्राजिलका स्टार खेलाडी नेमार स्पेनको बार्सिलोना क्लबबाट व्यावसायिक खेल खेल्ने गर्छन् । ब्राजिलियन यि खेलाडीले खेलबाट भन्दा बढी आम्दानी विभिन्न ब्रान्डबाट पाउँछन् । ३१.७ मिलियन डलर वार्षिक आम्दानी गर्ने नेमारले फुटबल खेलेर १४.७ मिलियन डलर प्राप्त गर्छन भने ब्रान्ड एम्बेस्डर भएबापत विभिन्न कम्पनीबाट १७ मिलियन डलर वार्षिक कमाउँछन् ।
४. गेराथ बेल, ३४.९ मिलियन डलर

रियल म्याड्रिड तथा वेल्सको राष्ट्रिय टोलीका खेलाडी गेराथ बेल रियल मेड्रिड क्लबका लेफ्ट विंगर हुन् । उनी वर्षमा ३४.९ मिलियन डलर आम्दानी गर्दछन् । जसमध्य २५.४ मिलियन तलब बापत कमाउँछन् भने ९.५ विभिन्न ब्रान्डका विज्ञापन बापत ।
३. जाल्तान इभ्रामोभिच, ४१.८ मिलियन डलर

स्वीडेनका कप्तान जाल्तान इभ्रामोभिचले वार्षिक ४१.८ मिलियन डलर कमाउँछन् । जसमा जर्मन क्लब पेरिस सेन्ट जर्मेनीका लागि खेले बापत ३५.८ मिलियन डलर तलब पाउँछन् भने विभिन्न कम्पनीका बिज्ञपनका लागि ६ मिलियन डलर ।
२. लियोनेल मेसी, ७०.५ मिलियन डलर

चार पटक लगातार फिफा बर्ष खेलाडी भएर बेलोन डि’ओर जित्ने पहिलो खेलाडी लियोनेल मेसी वार्षिक ७०.५ मिलियन डलर कमाउँछन् । उनले बार्सिलोनाको लागि व्यवसायिक खेल खेल्दै बार्षिक ४८.५ मिलियन डलर कमाउँछन् भने एडिडास, सामसुङ, पेप्सी, टर्किस एयरका जस्ता  कम्पनीका बिज्ञापन बापत २२ मिलियन डलर आम्दानी गर्दछन् ।
१. क्रिष्टियानो रोनाल्डो, ७९ मिलियन डलर

चर्चित फुटबल खेलाडी क्रिष्टियाने रोनाल्डोले बार्षिक ७९ मिलियन डलर आम्दानी गर्छन् । विश्वका धेरै कमाउने खेलाडी मध्येका एक रोनाल्डो फुटबलमा भने सबै भन्दा धेरै कमाउने खेलाडी हुन् । रोनाल्डोले करिब ५२ मिलियन डलर फुटबल खेले बापत कमाउँछन् भने २७ मिलियन विभिन्न ब्रान्डका विज्ञपन बापत । नाइक, सामसुङ, ट्याग हेयर आदी उनका आम्दानीका प्रमुख विज्ञपन स्रोत हुन् । गत वर्ष सिआर७ नामको अन्डर वेयर निर्माण सुरु गरेका रोनाल्डोको आम्दानी अझै बढ्ने अनुमान छ ।
News in Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/