Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

एसपीमाथि पेट्रोप बम प्रहार गरेपछि जनकपुरमा सन्नाटा


जनकपुर–प्रमुख जिल्ला अधिकारीले सर्वसधारणलाई बिना काम घर बाहिर ननिस्किन अपिल गरेपछि जनकपुरमा सन्नाटा छाएको छ। बिहानैदेखि प्रदर्शनमा उत्रेका आन्दोलनकारीले सशस्त्र प्रहरीका एसपी एसपी रविन्द्र ठाकुरमाथि पेट्रोल बम (पेट्रोल भरेको सिसीमा आगो लगाएको) प्रहार गरेपछि स्थिति नियन्त्रणमा राख्न स्थानीय प्रशासनले सतर्कता अपनाएको हो।
सशस्त्र प्रहरी बल सीमा सुरक्षाको कार्यालय मुजेलियबाट जिल्ला प्रशासन कार्यालय तर्फ गइरहेका एसपी ठाकुरको गाडीलाई लक्षित गरी भानु चोकमा रहेको प्रदर्शनकारीले पेट्रोल बम प्रहार गरेको थियो। तर, गतिमा हुइँकिरहेको गाडी अगाडी बढिसकेकाले क्षति हुन नपाएको जिल्ला प्रहरी प्रमुख एसपी गणेशबहादुर थापाले बताए ।

यता रेलवे स्टेशनस्थित जिल्ला भन्सार कार्यालय र जानकी चोकस्थित वडा प्रहरी कार्यालयमा प्रदर्शनकारीले क्रमशः दुई र तीन वटा पेट्रोल बम फालेका थिए। त्यसबाट कुुनै किसिमको क्षति हुन नपाएपनि अनियन्त्रित भइरहेका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले छ राउन्ड हवाइफायर गरेको थियो।

News in: Nagariknews

प्रदर्शनकारी अनियन्त्रित हुन थालेपछि दिउँसो करिब एक बजे प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सर्वसधारणको नाउँमा अपिल जारी गर्दै अनावश्यक रुपमा घर बाहिर ननिस्कन आग्रह गरेका हुन्।

यसैबीच पछिल्लो २७ दिनदेखि बन्द गरी आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वमा महिलाहरुले झारु जुलुस निकाल्ने तयारी गरिरहेको छ भने विभिन्न चोकमा नेपाल प्रहरी तथा सशस्त्रको सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/