Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

दुई दशकपछि नेपाली फुटबललाई अन्तर्राष्ट्रिय उपाधि

 
भाद्र १२, २०७२- अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा दुई दशक लामो उपाधि बिहीन खडेरी तोड्दै नेपाली टोलीले साफ यू १९ च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा भारतलाई टाईब्रेकरमा ५–४ ले हराउँदै नेपालले उपाधि उचालेको हो ।
सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपको गोल्ड मेडल जितेयता यो नेपाली फुटबलको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । अन्डर १९ फुटबल टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र गोल किपिङ प्रशिक्षक मृगेन्द्र मिश्र ढाका साफ जित्दा नेपाली टोलीका सदस्य थिए ।
गोलकिपर सोजित गुरुङले भारतीय खेलाडी मोनुद्दिनको पेनाल्टी प्रहार रोकेपछि नेपालको जित सम्भव भएको हो ।
 
 
News From: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/