Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

जनकपुरमा युवाहरुले निकाले अर्धनग्न जुलुस

भाद्र १३, २०७२- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, नेकपा—माओवादी सहितका आन्दोलनरत मधेसवादी दलहरुको अनिश्चितकालिन बन्द आइतबारदेखि पुन: सुरु भएको छ । रक्षाबन्धन तथा जनै पूर्णिमालाई लक्षित गरी दुई दिनको लागि खुकुलो पारिएको बन्द पुन: कडा बनाइएको हो ।
बन्द सफल बनाउन आन्दोलनरत दलका नेता कार्यकर्ताहरु आइतबार बिहानैदेखि नगर क्षेत्रमा प्रदर्शन गरेका थिए । खुलेका एकाध पसल पनि बन्द गराइएको थियो । सञ्चालनमा रहेका ट्याक्टरहरुलाई तोडफोड गरिएको थियो । मिल्सएरियामा सञ्चालित एक निजी वित्तीय संस्थामा समेत तोडफोड गरिएको थियो ।
यसैबीच मधेसी अधिकार संघर्ष समिति(मास) सम्बद्ध युवाहरुले आइतबार अर्धनग्न जुलुस प्रदर्शन गरेका थिए । जनकचोकबाट सुरु भएको उक्त जुलुस जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।
आन्दोलनरत पक्षका सल्लाहकार इन्द्रकुमार मधेशानन्दले दुई सूत्रीय माग राखी जनकचोकमा सुरु गरेको आमरण अनशन आइतबार पाँचों दिन पनि जारी रह्यो ।
News Source: Ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/