Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

गौरमा तनाव, कर्फ्यू लगाइयो

भाद्र ७, २०७२- मधेशीमोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबिच रौतहटको गौरमा सोमबार अपरान्हबाट दोहोरो झडप भएको छ । झडपपछि स्थिति नियन्त्रण बाहिर गएकाले स्थानीय प्रशासनले साढे ४ बजेबाट सदरमुकाम गौरमा कर्फ्यू आदेश जारी गरेको छ । झडपमा आन्दोलनकारी र सुरक्षाकर्मी गरी एक दजर्न बढी घाईते छन् ।


मधेशवादी दलका कार्यकर्ताले जिल्ला प्रशासनमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास र भिड तितरबितर गर्न केही राउण्ड रबरको गोली हानेको छ । त्यसपछि आन्दोनलकारी आक्रामक देखिएका थिए । उनीहरुले केही बेर जिल्ला प्रहरी घेराउ गरी आक्रमणको प्रयास गरे पछि प्रहरीले अश्रुग्यास  र रबरको गोली प्रहर गरेको थियो । दस दिनदेखि बन्दको आह्वान गरी बसेका मोर्चा र सुरक्षाकर्मी बिच गौरको चौक बजारमा झडप भईरहेको छ । झडपका क्रममा रबरको गोली लागी आन्दोलनकारी सरोज पडित, दरिवन मिया रमेश महतो घाईते भएको तमलोपाका जिल्ला नेता अनिल सिंहले जनाए । उनले भने, राज्यले आन्दोलनकारीको माग सम्बोधन गर्न नसकेकोले यस्तो अवस्था आएको हो ।     
आन्दोलनकारीको ढुगामुढाबाट ६ जना सुरक्षाकर्मी घाइते भएका छन् । स्थिति नियन्त्रणबाहिर गए पछि अहिले गौरमा कफ्र्यू लगाईएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जनाए ।
News From: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/