Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

न्यायधीश बम हत्याका सुटर मगरलाई नेपाल ल्याइयो

भाद्र ६, २०७२- सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न सुटर स‌न्जय स्माइली मगरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट गएको टोलीले साउदी अरबबाट आज भारतको नयाँ दिल्ली हुँदै नेपाल ल्याएको छ । न्यायाधीश बम हत्याको साढे दुई वर्षपछि हत्याका योजनाकार र संलग्न भन्दै बाबु थापालगायत पाँच जनालाई सिआइबीले पक्राउ गरेपछि मगरको संलग्नता यकिन भएको थियो ।

साउदी अरबमा ट्रक ड्राइभरका रुपमा गएको खुलेपछि सिआइबीले डिफ्यूजन नोटिस जारी गराइ उनलाई नेपाल ल्याउन कसरत सुरु गरेको थियो । पाँच दिन अगाडि सिआइबीको एक टोली मगरलाई लिन साउदी अरब गएको थियो।
अहिले दिउँसाे २ बजे सिअाइबीले पत्रकार सम्मेलन गरि मगरलाई सार्वजनिक गर्दै छ ।
News from: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/