Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

टिकापुरमा एसएसपीसहित २० को मृत्यु, ११ सशस्त्र, ६ नेपाल प्रहरीका र ३ आन्दोलनकारी मारिए, सुरक्षा प्रमुखहरुको आपतकालीन बैठक बस्दै

धनगढी–थारुवान–थरुहट संघर्ष समितिले आह्वान गरेको बन्दका क्रममा कैलालीमा हिंसात्मक झडप भएको छ। झडपमा एसएसपी लक्ष्मण न्यौपानी सहित ६ सुरक्षाकर्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ।

घटना लगत्तै गृह मन्त्रालयमा सुरक्षा प्रमुखहरुको आपतकालीन बैठक बोलाइएको छ। 'गृहमन्त्रीको उपस्थितिमा सुरक्षा अंगका प्रमुखहरुको बैठक केही छिनमै सुरु हुँदैछ', सुरक्षा स्रोतले नागरिकन्युजसँग भन्यो।
घटनास्थलमा मद्दत टोली पठाइएको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताए।
सोमबार टिकापुरमा निशेधाज्ञा तोड्ने क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको हो । निषेधाज्ञा तोड्ने क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि भाला प्रहार गरेको एक प्रत्यक्षदर्शीले नागरिकन्युजलाई बताए।
प्रहरीका अनुसार टिकापुरबाट पाँच किलोमिटर उत्तरमा करिब २० हजार प्रदर्शनकारीले एसएसपी लक्ष्मण न्यौपाने नेतृत्वको टोलीलाई घेरा हालेका थिए। कैलाली र कंचनपुर थरुहट प्रदेशमा हुनुपर्ने माग राख्दै साउन २४ देखि अनिश्चितकालीन बन्दको आयोजना गर्दै आन्दोलन गर्दै आएका छन्।

काे हुन् एसएसपी न्यौपाने ?
एसएसपी न्यौपाने एक वर्ष अघि असोजमा सेती अञ्चल प्रहरी प्रमुख भएर त्यहाँ पुगेका थिए । २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना भएका उनी २०६८ असारमा एसएसपीमा बढुवा भएका हुन् । उनको स्थायी घर चन्द्रगढि, झापा हो । हाल श्रीमती र एक छोराऽ एक छोरी सहित काठमाडौं सिनामंगल बस्दै आएका थिए ।
News From: Nagariknews & kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/