Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सद्‌भावनाका ४ सांसदले राजिनामा बुझाए

काठमाडौं– सद्‌भावना पार्टीका ४ सांसदले राजिनामा दिएका छन्। सभामुख सुवाषचन्द्र नेम्वाङ समक्ष आइतबार उनीहरुले राजिनामा बुझाएका हुन्।
लक्ष्मणलाल कर्ण, विमलकुमार केडिया, शैलकुमारी देवी तथा सञ्जयकुमार साहले संसद सदस्यबाट राजिनामा दिएका हुन्। जनकपुर बमकाण्डका मुख्य अभियुक्तको रुपमा पक्राउ परी कारागारमा रहेका साह संसदमा निलम्बित छन्। राजिनामा बुझाउन उनी बाहेक तीन सांसद उपस्थित थिए।
संसदमा सद्‌भावना पार्टीका ६ सदस्य छन्। माधवी रानी र नर्सिङ चौधरी जिल्लामा भएका कारण अनुपस्थित भएको सांसद लक्ष्मणलाल कर्णले बताए।
'सभामुखले बसिराखे राम्रो हुन्छ नछोड्नोस् भन्नुभयो हामीले राजिनामा बुझायौं', कर्णले भने।

संघीयताको सिमाङ्कन र ६ प्रदेशप्रति असहमति जनाउँदै सद्‌भावनाले व्यवस्थापिका संसद तथा संविधान सभा त्याग्ने घोषणा गरेको हो।
विज्ञप्तिको पूर्ण पाठ
News From: Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/