Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

आत्तिने र मात्तिने बेला भएको छैन : माउरिन्हो

लन्डन- चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले भर्खरै भित्र्याएका पेड्रो रोड्रिग्वेज विश्वकै सर्वोत्कृष्ट आक्रामक खेलाडीमध्ये एक भएको बताउँदै स्पेनिस फरवार्ड अहिलेको सरुवा बजारमा क्लबको अन्तिम अनुबन्ध नहुने संकेत गरेका छन्।

पेड्रो बिहीबार ३ करोड ३२ लाख डलरमा बार्सिलोनाबाट स्टामफोर्ड ब्रिज आएका थिए। त्यसको चार दिनअघि जर्मन बुन्डेसलिगा टोली औंसबर्गबाट पनि चेल्सीले लेफ्ट ब्याक बाबा रहमानलाई भिœयाएको थियो। 
पेड्रोको व्यवहारको प्रशंसा गर्दै माउरिन्होले नयाँ ल्याइएका दुई खेलाडीको उपस्थितिले चेल्सीलाई सिजनको खराब सुरुआतबाट भएको निराशा चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उपाधि रक्षाको अभियान सुरु गर्दा पहिलो खेलमा घरेलु मैदानमा स्वान्सी सिटीसँग २–२ को बराबरीमा रोकिएको टोलीले उपाधिको मुख्य प्रतिद्वन्द्वीमध्ये एक म्यानचेस्टर सिटीलाई ३–० ले अवे नतिजा सुम्पिएको थियो।

'सामान्यतया हामी सधैँ राम्ररी अभ्यास गर्छौं। तर, मेरो विचारमा यो साता हामीले अहिलेसम्मकै सबैभन्दा राम्रोसँग अभ्यास गर्यौंा। लगातार दुई खेलमा निराशाजनक नतिजा आएपछिको अवस्थामा पेड्रो र बाबाको आगमनले टोलीको मनोबलमा सकारात्मक प्रभाव परेको छ,' प्रिमियर लिग सिजनको तेस्रो खेलका लागि आइतबार वेस्ट ब्रोम भ्रमण गर्ने तयारीमा रहँदा माउरिन्होले भने, 'हामी पक्कै पनि नतिजाबाट खुसी छैनौं। नतिजाबाट म खुसी छैन, खेलाडी खुसी छैनन्। अब हामीले राम्रो नतिजा ल्याउनैपर्छ। त्यसका लागि बढीभन्दा बढी मिहिनेत गर्नुपर्छ। राम्रो अभ्यास गर्नुपर्छ। यो साताजस्तै।'

नयाँ खेलाडीलाई स्वागत गर्न आफू सधँै तम्तयार रहने गरेको बताउने माउरिन्होले बाबा र पेड्रोबाट धेरै आशा गरेको बताए। 'बाबा कम उमेरका प्रतिभावान रक्षक हुन् भने पेड्रो विश्वकै उत्कृष्ट फरवार्डमध्ये एक हुन्,' माउरिन्होले थपे, 'यस्ता खेलाडीको आगमन हाम्रा लागि झन विशेष छ। पेड्रोले विश्व फुटबलमा जित्न बाँकी केही छैन। उनलाई जित्ने बानी छ। उनले लियोनल मेसी र आन्द्रेज इनिस्टाजस्ता खेलाडीसँग खेलेका छन्। बार्सिलोना र उनको बीचमा निकै भावनात्मक सम्बन्ध थियो। क्लब उनलाई चाहन्थ्यो र उनी पनि क्लबलाई चाहन्थे। तर, उनले करिअरमा थप सफलताको महŒवाकांक्षाका कारण बार्सिलोना छोड्ने निर्णय गरेका हुन्।'

पेड्रो भिœयाउने दौडमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको चर्चाको माउरिन्होले खण्डन गरे। 'पेड्रो भिœयाउने लक्ष्यमा हामीले सफलता हासिल गरेका छौं। यो खुसीको कुरा हो। तर, हामीले सरुवा बजारमा युनाइटेडलाई हराएको भन्ने कुरामा कुनै दम छैन। म उनीहरूलाई सम्भव भएसम्म मैदानमा हराउन चाहन्छु। त्यस बाहिरको मलाई चासो छैन,' माउरिन्होले एक पत्रकारको जिज्ञासा मेटे, 'प्रिमियर लिगमा खेल्ने हरेक क्लब उत्कृष्ट छन्। सबै क्लबका खेलाडी क्षमतावान छन्।'

सुरुका दुई खेलमा निराशाजनक नतिजा सामना गर्नुपरे पनि माउरिन्होले उपाधि रक्षाको अभियानबाट आफूहरू टाढिएको भने स्वीकारेनन्। सिजन अझै धेरै बाँकी रहेको प्रसंग कोट्याउँदै उनले भने, 'अझै प्रिमियर लिगमा ३६ खेल खेल्न बाँकी छ। आउँदा खेलमा हामीले सुधार गर्यौं भने अहिल्यै आत्तिने र मात्तिने बेला भइसकेको छैन।' 
News From: Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/