शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख डा. प्रताप नारायणप्रसादले घैटेलाई मृत अवस्थामा ल्याइपुर्याइएको बताए ।
उनको छाति र तिघ्रामा गोली लागेको थियो । कपाल पालेका घैटेले कालो रंगको टिशर्ट लगाएका थिए । घैटेको श्रीमती र छोरी छन् । कांग्रेस नेता जगदीशनरसिंह घैटेको स्थिति बुझ्न अस्पताल पुगेका थिए । उनको शवलाई पोष्टमार्टम यूनिटमा लगिएको छ ।
२०६२ सालमा सर्वेन्द्र खनाल तत्कालीन केरकारका शाखाका डीएसपी हुँदा घैटेले खनालको बाघबजारमा गाडीमाथि तोडफोड गरेका थिए ।
भूकम्पपछि कांग्रेस भ्रातृसंगठनमार्फत राहत वितरणमा सक्रिय थिए । राहत वितरणमा खटिने कांग्रेस कार्यकर्तालाई विदाई गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा घैटे पनि सहभागी थिए ।
केही बर्ष अघि प्रहरीले उनलाई प्रहरीले गोली हानेर घाइते बनाई दरबारमार्गबाट पक्राउ गरेको थियो ।
अघिल्लो बर्ष प्रहरीको गोलीमा गुण्डा नाइके दिनेश अधिकारी चरीको मृत्यु भएपछि घैटे भारत र सिंगापुरमा लुकेर बस्दै आएका थिए । भूकम्पपछि उनी नेपाल फर्किएका हुन् ।
उनी कांग्रेस नेता जगदीशनरसिंह केसी निकट मानिन्छन् ।