Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भैरहवामा तनाव, ८ बजेदेखि कर्फ्यू

भाद्र ३, २०७२- बन्दकर्ता र प्रतिकार समूहबीचको झडपले तनाव बढेपछि स्थानीय प्रशासनले राति ८ बजेबाट भोलि बिहान ५ बजेसम्मका लागि भैरहवामा कर्फ्यू लगाएको छ । बिहीबार दिनभर जसो बन्दकर्ता र प्रतिकार समूहबीच पटक-पटक झडप भएको हो । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले स्थितिलाई थप भडकिन र साम्प्रदायीक हुन नदिन कर्फ्यू लगाइएको बताए । बन्दकर्ताले दर्जनौं सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । प्रतिकार समूहले पनि बन्दकर्ता चढेको ३ वटा मोटरसाईकलमा आगजनी गरेका छन् । बन्दकर्ताले बजारमा प्रदर्शन गर्दै भन्सार बन्द गराउन पुगेका बेला प्रतिकार भएको हो । त्यहाँ स्थिति बिग्रिएपछि प्रहरीले अश्रृ ग्यास र रबरको गोली चलाएको थियो । करिब १८ जना घाईते भएका छन् । 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/