Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सिमाकंनमा आज पनि सहमति जुटेन

काठमाडौ, श्रावण २२ - प्रमुख चारदलका नेताहरुबीच शुक्रबार बसेको बैठकलेपनि प्रदेशको सीमासम्बन्धी विवाद सुल्झाउन सकेन । नेताहरुबीच एकसाता यता दिन दिनै बैठक बसेपनि सिमाकंनको विवाद यथावत छ । शीर्ष तहमा कुरा नमिलेपछि संवाद समितिको औपचारिक बैठक नै बस्न सकेको छैन । दिन दिनै बैठक सारिँदै आएको छ । भोलि १ बजे समिति बैठक बस्ने भनिएको छ । नेताहरुबीच कुरा नमिलेकाले शुक्रबार बोलाईको संविधानसभा बैठकपनि स्थगित गरी भोलि(शनिबार) ३ बजेलाई बोलाइएको छ । समिति सभापति बाबुराम भट्टराईले संघीयता जस्तो जटिल विषयमा छलफलका लागि थप समय आवश्यक भइरहेको बताए । उनले भने-'हामी प्रयास गरिरहेका छौं ।' संविधानसभाले प्रारम्भिक मस्यौदा परिमार्जन गरी सहमतिको प्रतिवेदन पेस गर्न समितिलाई दिएको  ५ दिनको समयसीमा गुजि्रसकेको छ । यसअघि पूर्वी जिल्लाहरु झापा, मोरङ र सुनसरी विवादका विषय रहेकोमा अहिले सिरहा र सप्तरीलाई कता राख्ने भनेर दलहरुबीच विवाद देखिएको छ ।  Source: Ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/