Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

कामदारका लागि इजरायल खुला, टिकटबाहेक १० हजार लाग्ने

काठमाडौं—नेपाल र इजरायल सरकारबीच 'केयरगिभर'का रुपमा नेपाली कामदार छनोट गरी इजरायल पठाउनेसम्बन्धी संयुक्त नमुना कार्यक्रमको सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ। श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदी र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सो कार्यक्रमानुसार ३०० नेपाली कामदार इजरायलमा केयरगिभरका रुपमा छनोट हुने अपेक्षा लिइएको छ ।कम्तीमा मासिक एक लाखको हाराहारीमा कामदारले तलब पाउने भएकाले इजरायल नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुकमा पर्छ। इजरायलले विशेषतः त्यहाँका बूढाबूढीलाई स्याहारसुसार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लाने गरेको छ।केही दिनमै इजरायल जानका लागि आवेदन दिन वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गर्नेछ। त्यसमा आवेदन दिनेमध्येबाट परीक्षाका माध्यमबाट उत्तीर्ण उम्मेदवारलाई कामदारका रुपमा छानिने सम्झौतामा उल्लेख छ।टिकट बाहेक १० हजार लाग्नेइजरायल जान स्वास्थ्य परीक्षण, बिमा र कल्याणकारी कोषको रुकम गरी करिब रु १० हजार तथा हवाइजहाजको भाडाबापतको रकममात्रै तिर्नुपर्ने हुन्छ। कामदारले प्रवेशाज्ञाबापत र सेवा शुल्कबापत भने रकम तिर्नु पर्दैन। कम्तिमा प्रवेशिका परीक्षा उत्तीर्ण र अङ्ग्रेजी राम्रो भएका महिला र पुरुष दुवैले इजरायलमा केयरगिभरका लागि आवेदन दिन पाउने छन्।पुरुष पनि केयरगिभरका रुपमा लैजाने सम्झौतामा उल्लेख भए पनि महिलालाई बढी प्राथमिकता दिइने नीति लिइनेछ। रोजगारीका लागि केयरगिभरको तालिम लिएको वा नर्सिङ विषय पढेकाले बढी प्राथमिकता पाउनेछन्।कार्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले सम्झौताले नेपाल र इजरायल दुवैले फाइदा लिन सक्ने बताउँदै यसले दुई देशबीचको सम्बन्धमा समेत थप मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे।महानिर्देशक सुवेदीले लामो समयको प्रयासपछि इजरायलमा नेपालीको रोजगारीको बाटो खुलेको बताउँदै कार्यक्रमले निरन्तरता पाए ठूलो सङ्ख्यामा नेपालीले वैदेशिक रोजगारीका लागि सो मुलुकमा अवसर पाउने आशा व्यक्त गरे।राजदूत मेयरले सम्झौतापछि इजरायलले सक्षम नेपाली केयरगिभर पाउने र सोमार्फत दुवै देशका जनताका बीचमा समेत सुसम्बन्ध कायम गर्न सहयोग पुग्ने उल्लेख गरे।इजरायलले नेपाली कामदारलाई केयरगिभरका रुपमा लिने सहमति यसअघि भए पनि वैदेशिक रोजगार संस्थाले कामदारलाई ठगी गर्दै बढी रकम उठाएपछि केही वर्षअघिदेखि इजरायलले नेपाली कामदार लिन रोकेको थियो। इजरायलले नेपाली कामदार रोकेपछि संस्थामार्फत नभई दुवै देशका सरकारबीचको सहमतिअनुसार सरकारले नै कामदार पठाउने सम्झौतामा शुक्रबार हस्ताक्षर भएको हो । रासस
Sourced From: Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/