Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

पूर्वी नाका काकडभिट्टामा तनाव

भाद्र १०, २०७२- नेपालको पूर्वी नाका काकडभिट्टामा प्रहरीले भारतबाट ल्याइएको सामान पक्रिएको विषयलाई लिएर पोके व्यापारीहरू विरोधमा उत्रिँदा तनावको स्थिति सिर्जना भएको छ ।
 

पोके व्यापारीहरूले भन्सार गरेर ल्याइएको सामान प्रहरीले अनाहक पक्रिएर आफूँलाई दुख दिएको आरोप लगाएका छन् । उता प्रहरीले भने भारतबाट लुकाइछिपाइ ल्याइएको अवैध सामान पक्रिएको बताएको छ ।

यसै विषयलाई लिएर विवाद हुँदा अहिले नाकामा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । यस्तै नाकालाई काँडे तार लगाएर बन्द गरिएको छ । विगतमा पनि यस विषयलाई लिएर तनाव हुने गरेकाे थियाे ।
News From: Kantipur National Daily
Ą
https://www.flickr.com/photos/spklg/15211044551/