Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

अफगानिस्तानलाई हराउदैं नेपाल साफ यू–१९ को फाइनलमा

भाद्र १०, २०७२- 
नेपालले अफगानिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै साफ यू–१९ च्याम्पियनशिपको फाइनलमा प्रबेश गरेको छ । 

सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो सेमिफाइनलमा नेपाली खेलाडीहरुले पहिलो हाफको ३४ औं मिनेटमा गोल गरेर अग्रता लिएका थिए । अन्जन विष्टले हेड मार्फत् पहिलो गोल गरेको दुई मिनेटमा अर्को एक गोल गरेर नेपालको अग्रतालाई २–० मा कायम गरेका थिए । 
दोस्रो हाफको शुरुमै अनन्त तामाङले बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो । तर नेपालका सुनिल बलले फ्रि किकमा सुन्दर गोल गरेर नेपालको अग्रता ३–१ मा पुर्‍याएका थिए । ७२ औं मिनेटमा अफगानिस्तानका खेलाडी मेहदी रेजाइले गोल गरेर खेललाई ३–२ को स्थितीमा पुर्‍याएका थिए । 
News From: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/