Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

विवादित विषयमा सहमति जुटाउने जिम्मा संवाद समितिलाई

काठमाडौं–संविधानसभाले विवादित विषयलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा फिर्ता पठाएको छ। मंगलबार बसेको संविधानसभाको बैठकले सहमति हुन बाँकी रहेका विषयलाई सहमति जुटाउन भन्दै पुन संवाद समितिमा फिर्ता पठाएको हो।

प्रमुख चार राजनीतिक दलबीच सोमबार भएको १६ बुँदे सहमतिपछि संविधान निर्माणको बाटो खुलेको हो। दलहरुबीच भएको सहमति संवाद समितिमार्फत संविधानसभामा प्रवेश गराइने भएको छ। सहमति हुन बाँकी विषय रहेका विषयमा सहमति जुटाउन संवाद समितिलाई दुई दिनको समयसिमा तोकिएको छ। संविधानसभाको बैठक भने बिहीबारसम्मका लागि स्थगित गरिएको छ।

यसअघि पटक पटक म्याद थप गर्दासमेत संवाद समितिले विवादित विषयमा सहमति जुटाउन सकेको थिएन। समितिले दलहरुबीच सोमबार भएको सहमतिमा सबै दलको सहमति जुटाउने प्रयास गर्ने छ। सहमति जुटेको अवस्थामा सहमतीय प्रतिवेदन संविधानसभामा पेश हुने छ भने सहमति नजुटेको अवस्थामा सहमति भएका र सहमति नभएका छुट्टाछुट्टै प्रतिवेदन संविधानसभामा पेश हुनेछन। दलहरुबीच भएको सहमतिको विरोधमा रहेका तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनाधिकार फोरम नेपाल, सद्भावना पार्टीलगायतका केही दल भने संविधानसभा बैठकमा अनुपस्थित थिए।
Source:Nagariknews
Ą
https://www.flickr.com/photos/spklg/15211044551/