Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

नेपाल अाए ज्याकी चाङ


एक्सन अभिनेता ज्याकी च्याङ मंगलबार काठमाडौं आइपुगेका छन्। उनी भूकम्पपीडितलाई सहयोग गर्न काठमाडौं आएका हुन्। उनी  एयर चाइनाको जहाजमा नेपाल अाएका हुन्। उनी त्रिभुवन विमानस्थलबाट सोझै सोल्टी होटल गएका छन्।  उनले केही साता अघि नेपालका भूकम्प पीडितहरुका लागि १ करोड २ लाख नेपाली रुपैया सहयोग स्वरुप दिएका थिए ।  उक्त रकम सिंगापुरमा आयोजित एक च्यारिटी कार्यक्रममा उनले प्रदान गरेका थिए ।

चाइना रेडक्रसको संयोजनमा नेपाल अाएक चाङले अाफूले ल्याएको राहत सामग्री ललितपुर सिद्धिपुर गाविसका भूकम्पपीिडतलाई दिने नेपाल रेडक्रस सोसाइटीका बरिष्ठ अधिकृत इश्वरी रेग्मीले सेतोपाटीलाई जानकारी दिए। 
चाङ अाजै साँझ सवा एघार बजे चीन फर्कने कार्याक्रम रहेको पनि रेग्मीले जानकारी दिए।
Source:setopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/