ब्राजिल अन्तिम १६ मा
भन्काउभर- ब्राजिलले महिला विश्वकपमा शनिबार स्पेन माथि १–० को कठिन जित निकाल्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गर्दा फ्रान्स भने कोलम्वियासँग २–० ले स्तब्ध बनेकोछ। चिर प्रतिद्वन्द्वी फ्रान्ससँग पराजित हुँदै प्रतियोगिताको शुरुआत गरेको इङल्यान्डले मेक्सिकोलाई २–१ हरायो। एसियाली टोली दक्षिण कोरियाले कोष्टारिकासँग २–२ को बराबरी खेल्यो।
आन्द्रेसा आल्भेसको गोल मद्दतमा ब्राजिल साविक विजेता जापन पछि नकआउट चरण पुग्ने दोस्रो टोली बनेको छ।
ब्राजिलका मार्टा विश्वकपमा किर्तिमानी १५ गोल गर्नबाट चुकिन्। त्यस लगत्तै ४४औं मिनेटमा आल्भेसले ब्रजिललाई अग्रता दिलाइन्।
'हामीले धेरै गोल गर्न नसके पनि महत्वपुर्ण जित निकाल्यौं,' ब्राजिलका प्रशिक्षक भडो हुजले भने, 'नक आउट चरणमा प्रवेश गरेकोमा खुशी छौं।'
Watch Game Highlights on Youtube
News from Nagariknews