Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

बमले पहाड फुटाउँदै नेपाली सेना (भिडियो)

पाल्पा—कालीगण्डकी करिडोरको पाल्पा खण्डमा पर्ने राम्दी नजिकैको अक्करे पहाड नेपाली सेनाले विष्फोटक पदार्थ प्रयोग गरेर फुटाएको छ। राम्दीदेखि दर्पुक पुग्ने ट्रयाक असार मसान्तसम्म खोलिसक्ने योजना सेनाको छ
ट्रयाक खोल्न विष्फोटनको लागि नेपाली सेनाको सहयोग लिइएको कालिगण्डकी करिडोर कार्यालयका प्रमुख गुरूप्रसाद अधिकारीले बताए। कर्णेल रेश्मिराज भट्टराइको नेतृत्वमा नेपाली सेनाको टोलीले पहाड फुटाउन विष्फोट गराएको हो।
पाल्पा क्षेत्र नं. २ का सभासद सोमप्रसाद पाण्डेले नेपालको उत्तर-दक्षिण सोझो सम्पर्क स्थापित गर्ने करिडोर अन्तर्गतको सडक विस्तारको कामलाइ तीब्रता दिइने बताउँछन्।
भिडियो Youtube मा
समाचार साभार नागरिकन्युजडटकम बाट
Ą
https://www.flickr.com/photos/spklg/15211044551/