Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

एयरबस दिल्ली पुगेर फर्कियो, Nepali National Airlines

काठमाडौ, फाल्गुन १५ - नेपाल वायु सेवा निगमको एयरबस'सगरमाथा'ले भारतको राजधानी दिल्लीकालागि  शुक्रबार पहिलो व्यवसायिक उडान गरेको छ । बिहान साढे ८ बजे १ सय १ जना यात्रु बोकेर गएको एयरबस सवा १ बजे फर्किदा ४४ जना यात्रु ल्याएको थियो । यस विमानलाई एयरबस(फ्रान्स)का घरेलु क्याप्टन मेथाईस र नेपाली को पाईलट एस रिजालले उडाएका थिए । एयरबसले सातामा चार दिन दिल्ली उडान गर्ने तालिका छ ।  २०६८ मंसिर ४ गते देखि दिल्ली उडान राकेको निगमले ३ वर्ष ३ महिनापछि पुनः दिल्ली उडान गर्नुलाई सफलता मानेको छ ।
  निगमका प्रवक्ता रामहरि शर्माका अनुसार, दिल्लीसहित अब निगमले अन्तर्राष्ट्रिय उडान भर्ने ५ वटा गन्तव्य भएको छ । निगमका दुईटा १ सय ९० सिट क्षमताका बोइङ्ग  जहाजले दोहा, मलेसिया, हङकङ, बैंकक उडान भर्दै आएका छन् । एयरबसको सिट क्षमता १ सय ५८ रहेको छ । कागजात नपुर्याउँदा बुधबार तय गरिएको दिल्लीको पहिलो उडान रोकिएको थियो । 
Source: Ekantipur

Ą
https://www.flickr.com/photos/spklg/15211044551/