Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

प्रधानमन्त्री कोइरालाले स्वागतको पूर्वाभ्यास गरे

काठमाडौँ । अठारौँ सार्क शिखर सम्मेलनमा आउनु हुने राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई सम्मेलनस्थल सभागृहमा गरिने स्वागतको पूर्वाभ्यासमा प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका छन् ।  सार्कका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई विमानस्थलमा गरिने स्वागत, विमानस्थलदेखि बासस्थान सोल्टी होटलसम्म र सोल्टी होटलदेखि सम्मेलनस्थल राष्ट्रिय सभागृहसम्मको सवारी सञ्चालनसम्बन्धी आज पूर्वाभ्यास गरिएको हो । 
विशिष्ट अतिथिहरुको स्वागत र सवारी आवागमनको पूर्वाभ्यासको प्रधानमन्त्री कोइरालाले निरीक्षण गर्नुका साथै आफैँ पनि सहभागी भएका थिए ।   विशिष्ट अतिथिलाई सभागृहमा नेपालका प्रधानमन्त्रीको स्वागत, उनीहरुलाई सभागृहसँगै भर्खंरै निर्माण गरिएको नयाँ भवनमा प्रवेश र त्यहाँ केही सयम विश्राम गराई सम्मेलनस्थलभित्र लैजाने पूर्वाभ्यासबारे प्रधानमन्त्री कोइरालाले जानकारी लिएका थिए ।
  प्रधानमन्त्रीले सभागृहको हल, माइक, बिजुली र मेचको व्यवस्थालगायतको निरीक्षण गरेका थिए ।  त्यसअघि प्रधानमन्त्रीले सवारी आवागमनका लागि खाली गराइएको सिंहदरबारदेखि बानेश्वर, तीनकुनेसम्मको सडकको अनुगमन गरेका थिए । सम्मेलनस्थल सभागृहमा विशिष्ट अतिथिको सवारी प्रवेशको पूर्वाभ्यासमा कमजोरी देखिएपछि पुनः दोस्रो पटक पूर्वाभ्यास गरिएको हो । सोल्टी होटलदेखि सभागृहसम्मको सवारीको क्रममा सभागृह प्रवेश गर्ने पूर्वाभ्यासमा सामन्जस्यता नमिल्दा बाहिर रहनुपर्ने सवारीसाधनभित्र गएको र भित्र जानुपर्ने सवारीसाधन बाहिर रहेपछि दोस्रो पटक पूर्वाभ्यास गरिएको हो ।  दोस्रो चरणको पूर्वाभ्यासमा होटल सोल्टीबाट सवारी आउनुपर्नेमा नजिकैको सिंहदरबारबाट सवारी आवागमनको व्यवस्था मिलाई अभ्यास गरिएको थियो । त्यस्तै, विशिष्ट पाहुनालाई सभागृहबाट राष्ट्रपति कार्यालय शीतलनिवास लैजाने प्रक्रियाको पनि आज पूर्वाभ्यास गरिएको थियो ।  प्रधानमन्त्री कोइराला बिहान ९ बजेदेखि सभागृहमा स्वागतको पूर्वाभ्यासमा सहभागी हुनुभयो । उहाँले अभ्यास र अनुगमनमा करिब तीन घन्टाको समय व्यतीत गरे ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट पाहुनालाई स्वागत तथा स्कर्टिङ गर्दै बासस्थान सोल्टी होटलसम्मको पूर्वाभ्यास आज बिहान ७ बजेदेखि गरिएको थियो । यसका कारण गौशाला, कोटेश्वर, तिनकुने, बानेश्वर, बबरमहल, सिंहदरबार, त्रिपुरेश्वर, कालिमाटी, सोल्टीमोडसम्मको सवारी आवागमन ठप्प भएको थियो । यसबाट सर्वसाधारणले आउजाउमा सास्ती भोग्नुपरेको थियो ।  आजदेखि पाँच दिनसम्म सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरिएकाले भाडाका सवारी साधन पर्याप्त मात्रामा उपलब्ध नहुँदा र कार्यालय जाने समयमै पूर्वाभ्यासका लागि आवागमन बन्द गरिँदा विशेषतः कर्मचारीहरु बिहान पैदल हिँड्दै गरेको देखिन्थ्यो । सवारी आवागमनको पूर्वाभ्यासको क्रममा भुस्याहा कुकुर सडकमा यत्रतत्र दौडिँदा असहज देखिएको थियो । –रासस - See more at: http://saarc2014.ekantipur.com/news-updates.php?news=68&ln=np#sthash.gkbsit6V.dpuf
Ą
https://www.flickr.com/photos/spklg/15211044551/