Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सवारीमा जोर बिजोरले सर्वसाधारण मर्कामा

काठमाडौं– सरकारले सार्कका बेला सवारी व्यवस्थापन सजिलो बनाउन राजधानीमा सोमबारदेखि लागू गरेको जोर बिजोर प्रणालीले सर्वसाधारण मर्कामा परेका छन्। सर्वसाधारणले गन्तव्यसम्म पुग्न निकै सास्ती व्यहोर्नु परेको छ। सोमबार जोर नम्बर भएका सवारी साधनमात्र सञ्चालन भएकाले सडकमा सवारी साधनको संख्या निकै कम थियो।

अधिकांश सर्वसाधारण सोमबारबाट जोर बिजोर प्रणाली लागू भएको जानकारी भए पनि सवारी साधन पाइन्छ भनेर सबेरै घरबाट निस्किएका थिए। कार्यालय समयमा पर्याप्त सवारी साधन सञ्चालन हुँदा अधिकांश सर्वसाधारण पैदल यात्रामा देखिन्थे।

सिन्धुपाल्चोक घर भई सुकेधारा बस्दै आएकी रमिला लामा आफ्नी दुई वर्षकी छोरी बिरामी भएपछि कान्ति अस्पताल लैजान सुकेधारा दुई घन्टासम्म कुर्दासमेत अस्पताल जान सकिनन्। 'मेरी छोरीलाई हिजो बेलुकादेखि अचानक ज्वरो आयो। अस्पताल लैजान बस कुरेको बस नै पाउन सकिनँ,' उनले भनिन्, 'बस आए पनि खुट्टा राख्ने ठाउँ पनि पाइएन।' सुकेधाराबाट कान्ति अस्पतालसम्म पुग्ने नेपाल यातायातमा यात्रुको संख्या धेरै भएकाले विशेषगरी महिला र केटाकेटीले हैरानी बेहोर्नु परेको छ।
बा१ख ७३४२ नम्बरको नेपाल यातायातको बस गोपीकृष्णबाटै पुरै भरिएको आएको थियो। सो बसले शिक्षण अस्पतालसम्म यात्रीलाई बसमा नचढाएपछि सुकेधारादेखि शिक्षण अस्पतालसम्म बस कुरेर बसेका यात्रु हेरेको हेर्यैा भए। कार्यालय समयमा सवारी साधन पर्याप्त नहुँदा सर्वसाधारण निराश देखिन्थे।
विभिन्न बहानामा सरकारले सर्वसाधारणलाई सास्ती दिएको भन्दै नक्सालकी विनिता महर्जन आक्रोश पोखिरहेकी थिइन्। 'सरकारी गाडीलाई चाहिँ जोर बिजोर लागू नहुने?,' उनले प्रश्न गरिन्, 'सर्वसाधारणलाई जोर बिजोरका नाममा सास्ती दिने?' बरु सरकारले चार दिन नै सार्वजनिक बिदा दिएको भए राहत हुने उनको सुझाव छ। कतिपय यात्रु भने सार्वजनिक यातायातको भर नपरी पैदलै आउजाउ गरिरहेका थिए।
कपनकी अंगिता भट्टराईले कलेज जान पुरानो बसपार्कमा निकैबेर माइक्रो कुरिन्। कपनबाट पुरानो बसपार्क आउन किनै सास्ती बेहोरेकी अंगिताले पुरानो बसपार्कबाट लगनखेल पुग्न पनि उत्तिकै झन्झट खेप्नुपर्यो । 'आज जोर बिजोर प्रणाली लागू हुने जानकारी त थियो,' उनले भनिन्, 'तर यतिधेरै सास्ती होला भन्ने सोचेकी थिइनँ।'
धेरैजना त ससाना नानी बोकेका महिलाको भने त बिचल्ली भयो। दोलखा जान सानी नानीसहित पुरानो बसपार्क आएकी कान्छी शाहले दोलखा जाने गाडी त पाइनन्, फर्केर बालाजु जानसमेत तीनघन्टा कुर्नुपर्योक। 'मलाई त आज गाडी चल्दैन भन्ने थाहै थिएन,' उनले भनिन्, 'बिहानै पुरानो बसपार्क आउँदा त पुरै खाली रहेछ।' सार्कस्थल नजिकै रहेको पुरानो बसपार्क पनि सुरक्षाको कारण देखाउँदै खाली गराइएको छ।
नक्सालका राविश शर्मालाई काम विशेषले जाउलाखेल नगई थियो। नक्सालबाट कुनै सवारी साधन नपाएका उनी हिँडेरै पुरानो बसपार्कसम्म आए। तर, त्यहाँ पनि गाडी पाउन उनले करिब दुई घन्टा कुर्नुपर्योह। 'अरु सवारी साधान नपाए पनि साझा बस चल्छ होला भन्ने सोचेर यहाँसम्म हिँडेर आएँ,' उनले भने, 'यहाँ आएको पनि निकैबेर भइसक्यो कुनै बस आएको छैन।'
सरकारले सार्क सम्मेलनमा सवारी व्यवस्थापन गर्न जोर बिजोर प्रणाली लागू गर्नुभन्दा विशिष्ट पाहुना आउनु दुई घन्टाअगाडि पुरै सवारी साधन बन्द गर्दा उचित हुने उनको सुझाव थियो।
यस्तै सास्ती बेहोर्नेमा अनिल चौधरी पनि परे। काम विशेषले दाङबाट काठमाडौं आएका उनलाई सोमबार परीक्षा नियन्त्रण कार्यालय बल्खु नपुगी नहुने थियो। सिनामंगलमा बस्ने चौधरी गाडी पाउने आशमा पुरानो बसपार्कसम्म हिँडेर आए। तर, पुरानो बसपार्कबाट पनि गाडी पाउन उनलाई युद्ध जिते बराबर भयो। जोरबिजोर प्रणाली लागू भएपछि सवारी साधनको संख्या राजधानीमा निकै कम थियो। भएका सवारी साधनमा पनि यात्रुको संख्या बढी भएकाले दुःख पाएको सर्वसाधारणको गुनासो थियो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ८, १० र १२ गते जोर नम्बरका तथा ९ र ११ गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाएको छ।
Source
Ą
https://www.flickr.com/photos/spklg/15211044551/