Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label today's google doodle for nepal. Show all posts
Showing posts with label today's google doodle for nepal. Show all posts

Google Wishes Nepal for its Republic Day 2015



विश्वको नम्बर एक सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई सेलिव्रेट गर्दै आफ्नो होमपेजमा सम्मान ब्यक्त गरेको छ । देशअनुसार बिभिन्न पर्वलाई थिम बनाएर गुगलले आफ्नो पेजमा राख्ने गर्छ । जसलाई गुगल डुडल पनि भनिन्छ । नेपालको गणतन्त्र दिवसको अबसरमा गुगलले पहिलोपटक आफ्नो सर्च इन्जिनको होमपेजमा स्वयम्भू, पशुपतिनाथ र मैनबत्तिको बिशेष आकृति राख्दै नेपालप्रति सम्मान प्रकट गरेको छ । गुगलले आफ्नो ब्लग पोष्टमा लेखेको छ- एक दशक लामो विद्रोह र आन्दोलनपछि सन् २००८ मे २८ मा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो । सात वर्षपछि नेपाल शान, शान्ति र अधिकारको अन्तराष्ट्रिय प्रतिक बनेको छ ।’ गुगलले आफ्नो डुडल पेजले आजका दिन सारा नेपालीलाई आफु बिश्वका लागि प्रेरणा बनेको महसुस गराउने बिश्वास ब्यक्त गरेको छ । नेपालीहरुको उच्च लगनशीलताले हामी सवैको मार्गमा प्रकाश छर्ने गुगलले विश्वास लिएको छ । हालैको विनाशकारी भूकम्पछि सारा बिश्वको मन र मष्तिस्क नेपाल र नेपालीसँगै रहेको भन्दै गुगलले भनेको छ- यो तस्वीरले राष्ट्रिय दिवसको उत्सव, बुद्धको प्राथना र बिश्वका लागि मार्गदर्शक प्रकाशको अर्थ दिने छ । नेपालबाट गुगल सर्च गर्ने सवै ग्राहकले आज गणतन्त्र दिवसको ब्यानर देख्नेछन् । प्रयोगकर्ताले यसलाई सामाजिक संजालमा सेयरसमेत गर्न सक्छन् ।

भिडियाे हेर्नुहाेस्
Watch the video about Nepal Republic Day Google Doodle

समाचार श्राेत अनलाइनखबर डट कम
Ą
https://www.flickr.com/photos/spklg/15211044551/