Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label letter. Show all posts
Showing posts with label letter. Show all posts

एमाओवादी अध्यक्षलाई बान कि मुनको पत्र

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई एक पत्र लेखी छिटो संविधान निर्माणमा विशेष भूमिका खेल्न आग्रह गरेका छन्। मुनले आफ्नो थप सन्देश लिएर राजनीतिक मामिला हेर्ने उप-महासचिव जेफ्री फेल्टमेन आउनेसमेत पत्रमा उल्लेख गरेको पद्ममरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले जानकारी गराए।
अध्यक्ष दाहाललाई महासचिव मुनले आज बिहान पत्र पठाएको एमाओवादीका केन्द्रीय सदस्य तथा दाहालका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए। कार्यक्रममा नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा एमाओवादीको भूमिकाबारे अन्तर्राष्ट्रिय स्तरमा ठूलो चासो रहेको दाहालले बताए। दाहालले पहिचानसहितको संघीयताको लागि प्रतिरोध दस्ता खडा गर्नुपर्ने प्रस्ताव गरे। संविधानसभामा पहिचान विरोधीहरु हाबी भएको भन्दै दाहालले युवा स्वयंसेवक दस्ताको प्रस्ताव गरेका हुन्। उनले एक्लै–एक्लै मिलेर होइन, पहिचान पक्षधरहरु एक ठाउँमा आएर आन्दोलनको हेडर्क्वाटर बनाउनु पर्ने बताए।

Ą
https://www.flickr.com/photos/spklg/15211044551/