काठमाडौं, आश्विन ३० - जातीय पहिचानसहितको संघीयता, संघीतासहितको संविधानको मागलाई लिएर जनजातिले आन्दोलनको घोषणा गरेका छन् । मानवअधिकारवादी तथा जनजाति नेता पद्मरत्न तुलाधरको नेतृत्वमा बिहीबार राजधानीमा आन्दोलनको घोषणा गरिएको हो । 'आदिवासी जनजाति राष्ट्रिय आन्दोलन' नाम दिइएको नेतृत्वले जनआन्दोलन २०६२/६३ ताकाको 'आदिवासी जनजाति संयुक्त संघर्ष समिति'को स्वामित्व लिएको घोषणा गरेको छ । जनजाति र सरकारसित यसअघि विभिन्न चरणमा भएका सम्झौताहरूको समेत स्वामित्व लिने जनाइएको छ ।
Showing posts with label indigenous movement in nepal. Show all posts
Showing posts with label indigenous movement in nepal. Show all posts
Subscribe to:
Posts (Atom)




