Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label cr7 in love. Show all posts
Showing posts with label cr7 in love. Show all posts

इटालियन मोडलसँग रोनाल्डोको डेटिङ

स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इटालीकी मोडल एलासिया टिडेस्कीसँग नजिकिएका छन्। २९ वर्षकी रुसी सुपरमोडल इरिना सेकसँगको पाँच वर्षभन्दा लामो प्रेमसम्बन्ध पाँच महिनाअघि टुटेपछि एक्लो बनेका रियल स्ट्राइकर रोनाल्डो अहिले टिडेस्कीसँग नजिकिएका हुन्। 

 इटालियन मोडल तथा अभिनेत्री टिडेस्की मेको सुरुमा युभेन्टस विरुद्धको च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेग हेर्नका लागि स्पेन गएकी थिइन्। रोनाल्डोको आग्रहमा टिडेस्कीले युभेन्टस विरुद्धको खेल हेर्न स्पेन पुगेको र उनीहरू खेलपछि सँगै बसेको इटालियन पत्रपत्रिकाले दाबी गरेका छन्।रोनाल्डो र टिडेस्कीको भेट विश्वविख्यात कपडा अर्मानीको एक्सचेन्ज अफरका लागि भएको मोडलिङ क्याम्पेनको क्रममा भएको र त्यसलगत्तै उनीहरू नजिकिएको दाबी गरिएको छ। इरिनासँगको प्रेम सम्बन्ध टुटेपछि रोनाल्डोको नाम यसअघि स्पेनिस टेलिभिजन प्रस्तोता लुसिया भियालोन र मेक्सिकन टेलिभिजन प्रस्तोता वेनेसा हाफेनकोथेनसँग पनि जोडिएको थियो ।
News Source: nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/