Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Youngest Film Director. Show all posts
Showing posts with label Youngest Film Director. Show all posts

गिनिज बुकमा नेपाली कान्छा निर्देशक

काठमाडौं- नेपालका सौगात विष्ट संसारकै कान्छा फिल्म निर्देशकका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा दर्ता भएका छन्। ७ वर्ष ३४० दिनको उमेरमा 'लभ यु बाबा' निर्देशन गरेका सौगातले यसअघि भारतका कृष्ण श्रीकान्तले नौ वर्षको उमेरमा राखेको कीर्तिमानलाई उछिन्दै गिनिजमा नाम लेखाएका हुन्। कन्नडका श्रीकान्तले सन् २००६ मा 'फुटपाथ' शीर्षकको फिल्म बनाएर गिनिजमा रेकर्ड कायम गरेका थिए।

श्रीकान्तको फिल्मले स्कुल जान खोज्ने अनाथ बालको कथा पेश गरेको थियो भने सौगातले निर्देशन गरेको फिल्म 'लभ यु बाबा'ले आफ्नो दस वर्षीया छोरीलाई हुर्काउन एउटा बुबाले गरेको प्रयत्नलाई विषय बनाएको थियो। फिल्ममा सौगातकै बुबा गजित बिष्ट र दिदी संगम विष्टले मुख्य भूमिकामा अभिनय गरेका थिए।

गजितले लामो प्रयत्नपछि गिनिजले सौगातको कामलाई रेकर्डको रुपमा स्विकारेको जानकारी गराए।

'गिनिजले १७ वटा देशको गाइडलाइन दिएको थियो। उसले दिएका गाइडलाइन अनुसार हामीले ५०० जति कागजात प्रमाणका लागि पठाएका थियौं। करिब एक महिनाअघि गिनिजले हामीलाई सौगातको काम आधाकारि रहेको जानकारी दिएको थियो। सर्टिफिकेट चाहिँ हामीले सोमबार पाएका हौं,' गजितले भने। उनले गिनिजको औपचारिकतासँगै जिन्दगीको सबैभन्दा कठिन परीक्षा पास गरेको अनभूति भएको जानकारी गराए।

कान्छो निर्देशकको रुपमा रेकर्ड बनाउन सफल सौगातले गिनिजले दिएको औपचारिकतासँग थप जिम्मेवारी बढेको अनभूति भएको बताए। 'निश्चय नै खुशी लागेको छ। हामी सबैको लामो समयको प्रयत्नले सार्थकता पाएको छ। निर्देशनलाई नै निरन्तरता दिने सोच छ। अबदेखि हरेक दुई वर्षमा एउटा फिल्म निर्देशन गर्दै जाने योजना छ,' सौगातले भने।

सौगात घट्टेकुलोस्थित सूर्योदय स्कुलमा कक्षा दुईमा पढिरहेका छन्। शुक्रबार औपचारिक कार्यक्रम गर्दै सौगातको गिनिजको वर्ल्ड रेकर्डका बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ।

सौगातले निर्देशन गरेको फिल्म गत मंसिर २६ मा प्रदर्शनमा आएको थियो। फिल्ममा निष्मा घिमिरे, आशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा आदिको अभिनय रहेको थियो।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/