Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Who will become Leader for Nepal?. Show all posts
Showing posts with label Who will become Leader for Nepal?. Show all posts

देशलाइ सिस्टम र लिडर चाहिएको छ।

खै के ले, हिँडायो परदेश? 
कोहि भन्छन्, भाग्यले 
कोहि भन्छन्,कर्मले
कोहि भन्छन्,राजनैतिक अस्थिरताले
कोहि भन्छन्,ठुलो भाग खोज्नाले
कोहि भन्छन्,खै के ले के ले!
सर्टिफकेटले काम गर्न छाडेको भनौ भने,
मैले भन्दा कम कक्षा पास गरेकाले पनि मलाई जितेकै छन्
मैले भन्दा बढि पास गरेकाहरुलाई पनि मैले जितेकै थिएँ,
यो जिन्दगीको रेस कोर्समा पसेपछि सबैलाई प्रथम नै आउन ईच्छा हुने रैछ,
तर घोडा कुन लिने र छाड्ने, घोडा नचढी के थाहा!
तिमी घोडा छान्दा छान्दै रेस सकिन लाग्छ, 
एक्लै कुदाउछौ, तिम्रो फिनिस लाईन पुरानाको, नयाँ रेस स्टार्टिङ प्वाईन्ट हुन्छ।

तिम्लाई देश भनेपछि आङ सिरिङ हुन्छ, रातो झन्डा सम्झन्छौ, सगरमाथा झै अग्लो छाती बनाई विरताको गाथा सम्झन्छौ,
आफ्नो घर परिवार सम्झी,दुखलाई यसै पखाल्छौ।
खुसी र सुखी हुने अठोट साकार पार्न श्रम बेच्छौ,
देशमै उद्धोग पर्याप्त भए संसार सारा किन्थ्यौ। 
समाचार पढ्छौ भ्रष्ट्राचार, संसद हंगामा, सडक दुर्घटना, विमान अवरुद्ध, संविधान, संघियता,लोडसेडिङ ऐजन ऐजन
विकास कहाँ पर्यो त?
विकास त युरोप, अमेरिका, खाडिमा हुदैछ,
जहाँका अगुवाहरुसगँ दृष्टिकोण छ, कार्यान्वयन गर्ने अठोट छ,
आफुले बाँचेको संसार भन्दा बढि भावी पिँढिलाई सुम्पने दृढ संकल्प छ,
देशप्रति अघाध प्रेम छ,सिस्टममा चल्न बानी परेका छन,
रातो, पँहेलो अनि हरियो बत्तिको महत्व बुझ्ने चेतना भएका छन्,
हामी जलश्रोतको दोश्रो धनि देश, १० मिनेट बढी बिजुली आँउदा निदाउन नसक्ने भएका छौ,
फेसबुकमा बिहानको चिया पिउन थालेका नेपालीहरु,  फेसलाई सेल्फिमा र बुकलाई झोलामै हुन दिन्छन,
देशलाई विकासको क्रान्ति, औधोगिकरणको क्रान्ति चाहिएको छ,
सिस्टम र लिडर चाहिएको छ।
बिवश भट्टराइ
नेपाल
हालः प्रवास
Ą
https://www.flickr.com/photos/spklg/15211044551/