२३ मंसिर, काठमाडौं । भारतको माथिल्लो सदन राज्यसभामा सोमबार नेपालको नाकाबन्दीबारे गरमागरम बहस भयो, जहाँ विदेशमन्त्री सुष्मा स्वराजले नेपालबारे केही झूटो वक्तव्य दिइन् ।
राज्यसभामा बोल्ने अधिकांश भारतीय सांसदले भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाएर गम्भीर मानवीय संकट उत्पन्न गराएको आरोप लगाए । कतिपयले ३० लाख बालबालिका औषधि नपाएर मृत्युको मुखमा पुगेको भन्दै भारतीय विदेश नीतिको कडा आलोचना पनि गरे ।





