Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Peaceful protests against Indian Blockade in Kathmandu. Show all posts
Showing posts with label Peaceful protests against Indian Blockade in Kathmandu. Show all posts

कृष्ण पहाडी सहित २ दर्जन भन्दा बढी अधिकारकर्मी पक्राउ

  • नाकाबन्दी विरुद्ध भारतीय दूतावास अगाडि धर्ना
- कान्तिपुर संवाददाता , काठमाडौं
मंसिर १७, २०७२- भारतीय दूतावास अगाडि आयोजना गरिएको धर्नास्थलबाट २ दर्जन भन्दा बढी अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । ६७ औं विश्व मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले ‘नाकाबन्दी मानवता विरुद्धको अपराध हो, नाकावन्दी मानव अधिकारमाथि कुठाराघात हो’ भन्ने नारासहित धर्ना बसेका अधिकारकर्मीलाई पक्राउ गरिएको हो ।
दूतावास अगाडि लाजिम्पाटमा १ बजे धर्ना सुरु हुने वित्तिकै समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गङ्गाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेणुका पौडेल, केन्दीय सदस्य पुष्पा केसी लगायतका अधिकारकर्मीलाई पक्राउ गरिएको छ ।


Ą
https://www.flickr.com/photos/spklg/15211044551/