Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label One Indian national died in Birgunj Nepal clash. Show all posts
Showing posts with label One Indian national died in Birgunj Nepal clash. Show all posts

वीरगन्जमा मृत्यु भएका भारतीय नागरिकको शव उनका बुबा र मामाले पहिचान गरे

काठमाडाैं-प्रहरीको गोली लागेर वीरगन्जमा एक भारतीय नागरिककाे मृत्यु भएकाे पुष्टि भएको छ। वीरगन्ज नाकाको शंकराचार्य गेट नजिक भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएका रक्साैल-११ मेनरोडका २० बर्षीय अाशिसकुमार राम रहेका पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताएका छन्। सुरक्षा अधिकारीहरूले जनाए अनुसार प्रहरीमाथि ढुंगामुढा गर्दै अाक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाउँदा उनको टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो।
मृतक अाशिसकुमारका बुबा अशोक राम र मामा रवि राम नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेर शव पहिचान गरेका छन्। परिवार श्रोतले नागरिकन्युजलाइ टेलिफोनमा दिएको जानकारी अनुसार अाशिस सामान किन्नको लागि विरगन्ज अाएका थिए।

उनको साथमा दुईवटा भारतीय नम्बरफो मोबाइल सेट बरामद भएपछि सोही फोनबाट अाफन्तलाइ फोन गरेर उनकाे पहिनाच खुलेकाे थियो। उनकाे माेवाइलबाट मामा रविलाइ फाेन गर्दा उनकाे पहिचान प्रहरी अधिकारीहरूले खुलाएका छन्।

गृहसिचव सुर्यप्रसाद सिलवालले पनि मृतक भारतीय नागरिक रहेकाे बताएका छन्।
News published on:nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/