Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepal Vs Bhutan. Show all posts
Showing posts with label Nepal Vs Bhutan. Show all posts

सहज प्रतिद्वन्द्वी भुटानमाथि नेपालको शानदार जित

काठमाडौं : कप्तान दीपेन्द्र सिंह ऐरी र पुर्व कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपाल मलेसियामा जारी एसियाली क्रिकेट काउन्सिल (एसिसी) यू-१९ पुर्वीय क्षेत्र क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले बुधबार भएको आफ्नो दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गरेको हो।


दोस्रो जितसँगै नेपाल प्रतियोगितामा समूह ‘ए’ को शीर्ष स्थानमा पुगेको छ। नेपालसँगै सेमिफाइनल पुगिसकेको सिंगापुरको समेत समान चार अंक भए पनि रन रेटमा नेपाल शीर्ष स्थानमा पुगेको हो।
समूह ‘ए’ को सुरुवाती दुई खेलमा पराजय भोगेका भुटान र थाइल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएका छन्। बिहीबार हुने सिंगापुर र नेपालबिचको खेलबाट समूह ‘ए’ को विजेता टोलीको टुङ्गो लाग्ने छ।
समूह चरणको सुरुवाती दुई खेलमा बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन जारी राखेको नेपालले यसै बर्ष आयोजना हुने एसिसी यू–१९ एसिया कपको छनोट सम्भावना बलियो बनाएको छ। आयोजक मलेसिया फाइनल पुगेको अवस्थामा प्रतियोगिताको शीर्ष दुई टोली यसै बर्ष मलेसियामा आयोजना हुने एसिया कपका लागि छनोट हुने छन्। मलेसिया फाइनल पुग्न नसकेको अवस्थामा प्रतियोगिताको विजेता एक टोली मात्रै एसिया कपका लागि छनोट हुनेछ।
क्वाललम्पुर स्थित किनरारा ओभलमा टस जिती पहिले ब्याटिङ सुरु गरेको भुटानलाई दीपेन्द्र र सन्दीपले कसिलो बलिङ गर्दै २८ ओभरमा ५० रनमै समेटेका थिए। नेपालले उक्त लक्ष्य ८.३ ओभरमै मात्र एक विकेट गुमाएर भेट्टाएको थियो। नेपाललाई विजयी बनाउन सुरुवाती ब्याट्सम्यान आसिफ शेखले २१ बलमा अबिजित रहदै २३ रनको योगदान दिए। उनले आफ्नो पालीमा तीन चौका प्रहार गरेका थिए।
अर्का सुरुवाती ब्याट्सम्यान सन्दीप सुनार २६ बलमा २१ रन जोड्दै आउट हुँदा तेस्रो क्रमका ब्याट्सम्यान अनिल शा चार रनमा अविजित रहे। सन्दीपले तीन तथा अनिलले एक चौका प्रहार गरेका थिए। सन्दीप र आसिफले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए।
त्यसअघि कप्तान दीपेन्द्रले पाँच तथा सन्दीप लामिछानेले चार विकेट लिँदा भुटान अर्ध सतकको योगफलमै समेटिएको थियो। यी दुई खेलाडीले मिलेर नौं विकेट लिदा बाँकी एक विकेट नन्दन यादवले लिएका थिए। आठ ओभर बलिङ गरेका मध्यम गतिका बलर दीपेन्द्रले २३ रन खर्चिएका थिए। जसमा उनले एक चौका पनि दिएका थिए। सात ओभर बलिङ गरेका सन्दीपले भने सात रन मात्रै दिएका थिए।
प्रतियोगितामा निक्कै उत्कृष्ट प्रदर्शन गरीरहेका सन्दीप प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पनि अझै अघि छन्। सोमबार थाइल्यान्डविरुद्धको खेलमा सात विकेट लिएका सन्दीपको विकेटको संख्या ११ पुगेको छ। तीन ओभर बलिङ गरेका नन्दनले एक मेडनसहित मात्र तीन रन दिएर विकेट लिएका थिए।
भुटानविरुद्ध विकेट लिन नसकेपछि अन्य बलरहरू रोहित कुमार पौडेल, बिक्रम कुमार भुसाल र पवन सर्राफले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। तीन ओभर बलिङ गरेका रोहीतले ६ रन मात्रै दिएका थिए भने तीन ओभर नै बलिङ गरेका पवनले एक मेडनसहित चार रन दिएका थिए। पहिलो पटक यू–१९ राष्ट्रिय टोलीबाट खेलेका बिक्रमले पनि उत्कृष्ट प्रदर्शन गरे। आफ्नो डेब्यू खेलमै चार ओभर बलिङ गर्ने अवसर पाएका बिक्रमले विकेट लिन त सकेनन्। यद्यपि एक मेडन सहित ६ रन दिएर किफायती बलिङ गरे।
सेमिफाइनल समीकरण पूरा
नेपालको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ। नेपालले भुटानलाई पराजित गरेपछि बुधबार मैदान बाहिरै रहेको सिंगापुर सेमफिाइनलमा पुग्यो भने आयोजक मलेसिया र हङकङ समूह ‘बी’बाट यस अघि नै अन्तिम चारमा पुगिसकेका थिए। बुधबार समूह ‘बी’ अन्तर्गत भएको खेलमा म्यानमारले चीनविरुद्ध १० विकेटको भारी अन्तरको जित हात पारेको छ।
बायूमास ओभलमा टस जिती पहिले ब्याटिङ गरेको चिन ११.१ ओभरमा ३२ रनमै समेटिएको थियो। प्रत्युत्तरमा म्यानमारले १२ ओभरमा बिना क्षति लक्ष्य पार गरेको थियो। म्यानमारलाई विजयी बनाउन पेइङ दानुले अबिजित १४ रन जोडे भने चार विकेट समेत लिए। यस्तै सुरुवाती ब्याट्सम्यान स्वान कोकोले २५ रन जोड्दा ना लीन तुनले पनि चार विकेट लिए।

News source: Annapurnapost

Gharti scores hat-trick as Nepal defeat Bhutan 3-1

Aug 20, 2015- A Bimal Gharti Magar hat-trick spurred Nepal to an emphatic 3-1 win over Bhutan in the 1st Saff U-19 Championship opener at the Anfa Complex in Satdobato on Thursday.
The inspirational U-19 skipper, who is also the member of the senior national team, opened the scoring early in the 10th minute only for Sonam Togbay to equalise for Bhutan a minute.
However, Gharti Magar, who trains at the youth team of the Belgian outfits Brugge, put the home team ahead again in the 29th minute before sealing the game by completing a hat-trick in the 62nd minute.
The hosts will now play Bangladesh on August 24 in the three-team Group 'A'. Maldives, Afghanistan, India are in Group B. Pakistan and Sri Lanka are participating in the tournament.
Top two teams from each pool qualify for the semi-finals slated for August 27
News source: kathmandupost.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/