Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Movies of the year 2015. Show all posts
Showing posts with label Movies of the year 2015. Show all posts

बीबीसीले छानेका २०१५ का उत्कृष्ट १० फिल्म

पुस ४, २०७२- वर्ष २०१५ समाप्त हुँदैछ । समाप्तिसँगै बितेको वर्षको समीक्षा पनि सुरु भएको छ । यसैक्रममा बीबीसीका फिल्म समीक्षक ओवन ग्लीवरम्यानले यो वर्षका १० उत्कृष्ट फिल्मको सुची बनाएका छन् । यो सुचीमा दुई डकुमेन्ट्री र दुई हलिउड ब्लकबस्टर पनि परेका छन् ।
१०. एमी

२७ वर्षको उमेरमा दिवंगत भएकी गायिका एमी वाइनहाउसका बारे बेलायती निर्देशक आसिफ कपाडिया (कपाडियाकै फिल्म ‘वारियर’बाट इरफान खान स्थापित भएका थिए) ले बनाएको डकुमेन्ट्री फिल्म ‘एमी’ ले गायिका बारे धेरै नयाँ तथ्य प्रकाशमा ल्याउँछ । जम्मा दुईवटा एल्बम निकालेकी भए पनि एल्कोहोलिक एमीका बारे मिडियामा यतिधेरै कुरा लेखिएको थियो कि उनका बारे के नै जान्न बाँकी होला भन्ने लागेको थियो । तर, निर्देशकले निकै रोचक ढंगले उनको कथा भनेका छन् ।
९. क्लाउड्स अफ सिल्स मारिया

ओलिभर एस्यासको एक अभिनेत्रीका बारे बनेको यो ड्रामा वर्षको अर्को उत्कृष्ट फिल्म हो । जुलियट बिनोचीले आफ्नो मिडलाइफ क्राइसिसमा पुगेकी अभिनेत्रीको भूमिका निर्वाह गरेकी छन् भने क्रिस्टिन स्टुअर्टले उनकी सहायकको । कलाकारको जीवनमाथि बनेको यो राम्रो फिल्म हो ।
८. क्रिड

र्‍यान कुग्लरको यो हाइभोल्टेज बक्सिङ साइकोड्रामा उत्तम ‘पपकर्न मुभी’ हो । बक्सिङमाथि बनेको सिल्भेस्टर स्टालोनको ‘रकी’ श्रृंखलाको यो फिल्म रकीभन्दा फरक छ । एडोनिस जोनसन (माइकल बी. जोर्डन)ले आफ्ना बुबा कुनै बेलाका प्रसिद्ध बक्सर थिए भन्ने थाहा पाउने र उनलाई आफ्नो प्रशिक्षक बन्न प्रेरित गर्ने यो कथामा स्टालोन र जोर्डनको अभिनय तारिफ योग्य छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/