Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Fight inside Panchthar Prison between prisoners. Show all posts
Showing posts with label Fight inside Panchthar Prison between prisoners. Show all posts

पाँचथर कारागारमा झडप, सात घाइते

पाँचथर-जिल्ला कारागार पाँचथरमा कैदी बन्दीबीच झडप भएको छ। सोमवार दिउँसो भएको झडपमा परि सात जना घाईत भएका छन। विभिन्न गुटका कैदीवन्दीबीच विवाद हुँदा झडप भएको बताइएको छ।

समान्य विवादमा झडप भएको पाँचथर प्रहरी प्रमुख डिएसपि कृष्ण प्रसाद कोईरालाले बताए। झडपमा परी चौकिदार टेकनाथ रिजाल सहित सात जना घाईते भएका हुन। रिजाल सहित सन्त वहादुर आङदेम्बे, चन्द्र विक, हरि लावती, धनकुमार भण्डारी, तार्के भनिने प्रेम केरुङ, दलवहादुर गुरुङ घाईते भएका छन। उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको छ। घाईतेहरु टाउको लगायत शरिरको विभिन्न भागमा घाँउ, चोट लागेकेा छ। कारागार भित्ररहेका सामाग्रिहरुले आक्रमण गरेको घाईतेहरु बताए। केहिको शरिरमा गहिरो चोट छ।

हिसाव कितावमा विवाद हुँदा झडप भएको हुन सक्ने प्रारम्भिक जानकारी पाइएको डिएसपि कोइरालाले बताए। घटनाको बारे अनुसन्धान भईरहेकाले के गर्ने भन्ने बारे टङ्गो नलागेको कोइरालाले बताए। कारागारमा तनाव भएपछि ठूलो संख्यमा प्रहरी परिचालन गरीएको छ। अवस्था तनावपूर्ण भएकमा कैदिलाई स्तान्तरणको प्रक्रिया अघि बढाउने काईरालाले बताए।

झडपमा विजय श्रेष्ठ, केरुङ, विक र लावतीको संलग्नता देखिएको कोईरालाले बताए।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/