Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Contamination in milk in Kathmandu. Show all posts
Showing posts with label Contamination in milk in Kathmandu. Show all posts

दूधमा दूध मिसाएर ग्राहक ठग्नेहरु [भिडियो]

भाद्र २८, २०७४-हरेकदिन ठिमी चोकबाट दधिकोट जाने पुल नजिक घर अगाडि एक बृद्ध बिहान पाँच बजेदेखि तीन क्रेट दुध राखेर बसिरहेका हुन्छन् । जब ६ बज्छ अनि सुरु हुन्छ, उनको व्यापार । तर, उनका ग्राहक स्थानीय होइनन् । 

एउटा एउटा पोका गरेर बिक्री गर्नु पनि पर्दैन । गाउँतिरबाट ठूला ठूला प्लाष्ट्रिकको ड्रम र क्यान लिएर मोटरसाइलकमा आउने व्यक्ति उनका ग्राहक हुन् । यस्ता भाँडा लिएर एकजना होइन, लस्कर आउँछन् । कसले कति प्याकेट दूधका पोका ड्रममा हाल्यो त्यो उनी खाली प्याकेट गनेर थाहा पाउँछन् । 
खासमा उनका ति ड्रमवाला ग्राहकहरु गाउँका कृषकका दुध संकलक (ठेकेदार) हुन् । गाउँभरीको दूध संकलन गरेपछि पानी हाल्छन् । अनि तिनले ग्राहकको घरमा पुर्‍याउनु अघि पोकाको दूध हालेर बाक्लो बनाउँछन् । यतिसम्म की केहीले गाउँमा दुध संकलन गरेर पानी हाल्न नभ्याए प्याकेटको दुध मिसाउने पसल अघि नै आएर हाल्छन् । 
हामीले ति दूधका ठेकेदारहरुलाई पछ्याउने निधो गर्‍याैं । उनीहरुको ग्राहक कस्ता होलान् हेर्ने प्रयास गर्‍याैं । 
पहिलो दिन : हामी दूधको क्रेटहरु भन्दा केही पर कुरीरहेका थियाैं । बा८३ प १४९६ नम्बरको मोटरसाइकलमा ठूला दुईवटा ड्रम र तीनवटा क्यान लिएर आए । त्यसमध्ये एउटामा पानी ल्याएका रहेछन् । त्यसमा भएको केही पानी ड्रममा खन्याए । बाँकी पानीमा ६ प्याकेट दुध मिसाए । अरु ड्रममा पनि पोका फुटाउँदै त्यसैगरी थपे ।
यो कुनै बन्द कोठामा भएको दृष्य होइन, बीच बाटोमा गाई भैंसीको दूधमा प्याकेटको दूध मिसाइँदै थियो । केही छिनपछि अर्को बा८२प १०२१ नम्बरको मोटरसाइकल आयो । यसले पनि दूधको पोका भटाभट फुटाउँदै क्यानमा हाल्यो । पसलको साहु नभएपनि भटाभट हालिरह्याे । सबै भाँडामा मिलाएर हाल्याे । यसरी १० पोका जति उसले मात्रै फुटाएर हाल्याे । पैसा तिर्‍याे अनि अघि बढ्याे । 
ती व्यक्ति जाने बित्तिकै पसलेले खाली प्लाष्टिक उठाई हाल्छन् । 
दोस्रो दिन : बिहान ६ बजे त्यही ठाउँ पुग्दा सिमसिम पानी परिरहेको थियो बा८२प १०२१ नम्बरको मोटरसाइकल आइपुग्यो । भाँडाको बिर्काे खोल्यो । एउटा भाँडामा दुई पोका हाल्याे, अनि अर्को भाँडामा पनि दुई पोका हाल्याे । तेस्रो भाडामा एक पोका मात्रै हाल्याे । बाक्लो पातलो मिलाउन एउटा क्यानको दुध अर्कोमा सारफेर पनि गर्‍याे ।

तेस्रो दिन : सुरुमै बा ८२ प १०२१ को मोटरसाइकल नै आयो । उसले अघिल्लो दिनको भन्दा एक प्याकेट बढी दुध थप्याे । त्यस दिन हामीले उसको ग्राहक पत्ता लगाउने निधो गर्‍याैं । अनि उसलाई ठिमीबाट अघि बढेपछि पछ्याउँदै गयाैं ।
मोबाइलको क्यामेरा अन गरेर राखेका थियाैं । त्यो मोटरसाइकल अघिअघि हामी पछिपछि । उसकाे माेटरसाइकल माइतिघरबाट थापाथली तिर मोडियो । कुपण्डोल पुगेपछि कानदेवता मन्दिरबाट समिट होटल तिर मोडियो । 
हामी पिछा गर्दै गयाैं । मन्दिर भन्दा अघिल्लो मोडमा पुग्दा दुधमा मिसावट गर्ने मोटरसाइकल चालक आफनो ग्राकहलाई क्यानबाट लिटरले दुध निकाल्दै रहेछन् । उसले निकालेको क्यानमा प्याकेटको दुध मिसाइएको थियो । 
Ekantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/