Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Constitutional Assembly Nepal. Show all posts
Showing posts with label Constitutional Assembly Nepal. Show all posts

हाेहल्लाबीच संविधान संशोधन र पुननिर्माण प्राधिकरण विधेयक संसदमा

काठमाडौं–होहल्ला नाराबाजी र वेल घेराउकाबीच संविधान संशोधन विधेयक र पुननिर्माण प्राधिकरण विधेयक संसदमा टेवल भएको छ। मंगलबार बसेको व्यसस्थापिका संसद बैठकमा मधेसी दलका सांसदको नाराबाजी, होहल्ला र वेल घेराउकाबीच दुवै विधेयक टेवल भएका हुन्।
संसद बैठक सुरु हुनासाथ मधेसी मोर्चा आबद्ध दलका सांसदले नाराबाजी र वेल घेराउ गरेका थिए। उनीहरुको अबरोधकाबीच सभामुख ओनसरी घर्तीले संसद बैठक सुचारु गरिन्। बैठकमा विधायन समितिकी सभापति गंगा चौधरीले पुननिर्माण प्राधिकरण विधेयकको प्रतिवेदन संसदमा टेवल गराएकी थिइन्। यसैगरी कानुन मन्त्री अग्नी खरेलले नेपालको पहिलो संविधान पहिलो संशोधन विधेयक संसदमा टुलव गराएका थिए। 

संसदमा दुवै विधेयध टेवल भएपछि सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले नाराबाजी, होहल्ला र वेल घेराउ गरेपछि संसद बैठक चल्न नसक्ने नियम विपरित प्रमुख दलहरुले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै आफूहरुलाई पेलेर जान खोजेको बताए। व्यवस्थापिका संसद कार्यसंचालन नियमावलीमा बैठकमा एकजनामात्र सांसद उठेर विरोध गरेपनि संसद बैठक चल्न नसक्ने उल्लेख छ।

यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुननिर्माण प्राधिकरण विधेयक पारित गराउन सहयोग गर्ने निर्णय गरेको थियो। तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पुननिर्माण प्राधिकरण विधेयक र संविधान संशोधन विधेयकसँगसँगै पारित गर्नुपर्ने अडान राखेको थियो। जुन मागमा मोर्चा सहमत थिएन्। कांग्रेसले आफ्नो अडान नछोडेपछि दुवै विधेयक एकैपटक संसदमा टेवल गरिएको हो।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/