सुभाषप्रसाद साह
३० कात्तिक, बारा । तराई मधेसमा बिशेष रुपमा मनाइने छठ पर्वको सोमबार दोस्रो दिन ब्रतालुहरु ‘खराना’ मनाउने तयारीमा छन् । दिनभरी ब्रत बसेर बेलुका नैवेध चढाएर सक्खर हालेर बनाइएको खीर, मुला, केरा खाने गरिन्छ, जसलाई ‘खरना’ भनिन्छ ।

चार दिनसम्म मनाइने यो पर्वमा सूर्यको पूजा आराधना गरिन्छ । ब्रतालुले उदाउँदै र अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर पूजा गर्छन् ।
छठ पर्वको पहिलो दिनलाई ‘नहाय खाए’ भनिन्छ । पहिलो दिन ब्रतालुहरुले आफ्नो भान्सा घरलाई सफा पारी चोखो बनाउँछन् । नङ काटेर नुहाईधुवाई गरी चोखो भई लसुन र प्याज नभएको चोखो खाना खाने चलन छ । ब्रतालुहरुले आइतबार पहिलो दिन रहरको दाल, लौकाको तरकारी, चामलको भात, दही लगायतका परिकार खाएका थिए ।