फोटो :वीरगन्ज-रक्सौल नाकामा बसेर नाकाबन्दीमा सहभागी हुँदे खगेन्द्र संग्रौला र सिके लाल । तस्बिर : क्रान्ति शाह
वीरगन्ज : वीरगन्ज–रक्सौलको मितेरी पुलमा जारी मधेसी दलको नाकाबन्दीप्रति राजनीतिक विश्लेषकद्वय खगेन्द्र संग्रौला र सिके लालले ऐक्यबद्धता र समर्थन जनाएका छन् ।
मितेरी पुलमा जारी मधेसी दलको धर्ना र नकाबन्दी स्थलमा शनिबार पुगेर दुबैजनाले नाकाबन्दीप्रति ऐक्यबद्धता जनाएका हुन् । उनीहरुले धर्नास्थलमा केहीबेर बसेर आन्दोलनकारीहरुको अवस्थाबारे जानकारी पनि लिए ।
धर्नास्थलमै सन्चारकर्मीसँग कुरा गर्दै राजनीतिक विश्लेषक संग्रौलाले गणीतीय हिसाबले ९० प्रतिशत जनप्रतिनिधिले बनाएको भनिएको नयाँ संविधान म्याद गुज्रिएको औषधिजस्तै भइसकेको टिप्पणी गरे ।