Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Bijaya Kumar Gachhadar a key role player in Nepali Politics. Show all posts
Showing posts with label Bijaya Kumar Gachhadar a key role player in Nepali Politics. Show all posts

गच्छदारसहित चार दलको बैठक बालुवाटारमा

काठमाडौं–आफ्नो माग पुरा नगरेको भन्दै संविधानसभा प्रक्रियाबाट बाहिरिएको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारसहित चार दलको बैठक बालुवाटारमा बस्दैछ छ।
 
अहिले पाँच बजे सुरु हुने बैठकमा फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदार पनि सहभागी हुने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चुडामणि खड्काले बताए । 'विजय गच्छदारसहितको बैठक अहिले पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निश्चित भएको छ,' खड्काले नागरिकन्युजसँग भने,'सोही बैठकका लागि हामी निस्कने तयारी गर्दैछौं ।

प्रमुख तीनदलबीच १६ बुँदे सहमति गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेपनि प्रमुख दलले आफ्ना माग पुरा नगरेको भन्दै गच्छदार संविधान निर्माण प्रक्रियाबाट बाहिरिएका थिए। संविधान निर्माण प्रक्रियाबाट अलग भएका उनले संघीय लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेर आन्दोलन गर्दै आएका छन्। गच्छदारले अाफूले राखेका चार सुत्रीय माग पुरा भए सहमतिमा अाउने बताउँदै अाएका छन्।

तर प्रमुख दलले फोरम लोकतान्त्रिक लगायत आन्दोलनरत पक्षलाई पनि सहमतिमा ल्याउने भन्दै अनौपचारिक वार्ता गर्दै आएका छन्। बिहीबार नै एमाले अध्यक्ष केपी ओलीले संविधान जारी हुने दिनसम्म गच्छदारलाई सहमतिमा ल्याइसक्ने बताएका थिए।Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/