Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Artist speaks against Indian blockades in Kathmandu. Show all posts
Showing posts with label Artist speaks against Indian blockades in Kathmandu. Show all posts

नाकाबन्दीविरुद्ध चलचित्रकर्मी सडकमा उत्रिए (फोटो फिचर र भिडियोसहित)

भारतले गरेको अघोषित नाकाबन्दीका विरुद्ध चलचित्रकर्मीले ‘राष्ट्रिय जागरण अभियान’को आयोजना गरेका छन् । काठमाण्डौको रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु भएको र्‍याली भद्रकाली, न्यूरोड, इन्द्रचोक हुँदै जमल पुगेर सकिएको थियो ।
‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’को आयोजनामा गरिएको कार्यक्रममा चलचित्रदेखि टेलिभिजनमा काम गर्ने कलाकर्मीहरुको उपस्थिती थियो ।

कलाकर्मीले गरे नाकाबन्दीको विरोध

विभिन्न सन्धि तथा सम्झौता एवं अन्तर्राष्ट्रिय कानुन र मान्यताबमोजित भूपरिवेष्ठित मुलुकले निर्बाध पाउने पारवाहन सुविधाका विरुद्ध भारतले नेपालमाथि गरेको नाकाबन्दी र हस्तक्षेपको विरोधमा सोमबार राजधानीमा कलाकर्मीहरुले अन्तरक्रिया र छलफल गरेका छन्।
कलाकर्मी केपी पाठकको संयोजकत्वमा सम्पन्न कार्यक्रममा फिल्म निर्देश मनोज पण्डितले नाकाबन्दीविरुद्ध नेपालमा हुन लागेको साउथ एसिएन फिल्म फेस्टिवल रोक्नुपर्ने विचार राखे भने फिल्मकर्मी यादव खरेल, कलाककर्मी हरिहर शर्मा, कृष्ण मल्ललगायतले सो महोत्सवलाई नेपाललाई परेको समस्या अन्तर्राष्ट्रियकरण गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्ने चर्चा गरे। खरेलले हरेक निर्णयका लागि दिल्लीको दलाली गर्ने र त्यतै लाम लाग्ने प्रवृत्तिले आजको दिन निम्त्याएको बताए भने शर्माले नेताहरु मौन बसिदिँदा मधेसको विषयमा एकोहोरो कुरा बाहिर आएको जिकीर गरे। ‘जहाँसम्म नागरिकताको सवाल छ संविधानले मधेसका जनतालाई नागरिकता पाउन कहाँ रोकेको छ? हिमाल, पहाड र तराईलाई समान अधिकार दिएको छ। नेताहरुले आ–आप्mनो ठाउँमा गएर कुरा राख्नुपर्दैन?’ –शर्माको प्रश्न थियो। त्यसै गरी कृष्ण मल्लले आन्तरिक र बाह्यरुपमा विकल्प खोजिए पनि पारवाहन अधिकार छोड्न नहुने बताए। त्यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले नाकाबन्दीको विरोधका लागि संघले विभिन्न संघ–संस्थाका बीच बैठक राखे पनि त्यहाँ आएका प्रतिक्रियाबाट आफू गलेको खुलाए। उनले राष्ट्रिय गान बजाउँदै शान्ति बाटिकामा आयोजना गरिएको शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रममा ३०औं हजार जनतालाई ल्याउन सकिए पनि ३० जना कलाकारसम्म ल्याउन नसकेको प्रस्ट्याए। खड्काले आप्mनै कार्यसमितिलाई समेत कार्यक्रममा ल्याउन नसकेको समेत खुलाए। कार्यक्रममा मदनदास श्रेष्ठ, शिवहरि पौडेल, लय संग्रौला, मोहन निरौला, रवीन्द्र खड्का, कृष्ण ढुंगानालगायतका कलाकर्मीले कलाकारहरुले अन्य सिर्जनाकर्मीलाई समेत साथमा लिएर बौद्धिकस्तरको विरोध कार्यक्रम गरी नाकाबन्दीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने औंल्याए।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/