Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

नेपाल आइडलको उत्कृष्ट चारबाट सागर आले बाहिरिए

काठमाडौं : एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपालको सर्वाधिक रुचाइएको रियालिटी शो ‘नेपाल आइडल’ को उत्कृष्ट चारबाट सागर आले बाहिरिएका छन्। सागर बाहिरिएसँगै नेपाल आइडलको अन्तिम प्रतिस्पर्धाका लागि प्रताप दास, बुद्ध लामा र निशान भट्टराई पुगेका छन्।
एपीवान टेलिभिजनले प्रिमेन्टल मिडिया र १९ टीभी लिमिटेडको अन्तर्राष्ट्रिय फरम्याट अनुसार नै निर्णायकले भिटो प्रयोग गरी अघिल्लो साताको एपिसोडलाई ‘नो इलिमिनेसन एपीसोड’ घोषणा गरेका थिए। चारैजना प्रतियोगी एकसाता संगै रहन पाउँदा खुशी भएका थिए। यो साताको निर्णयले अघिल्लो साताको सागरको खुसी यस पटक खोसिएको छ।
नेपाल आइडलको अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर २२ मा कतारमा हुँदैछ। फाइनलमा पुगेका तिनै जना खाली हात फर्कनु पर्ने छैन। तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन्।

सबैका प्रिय सागर
नेपाल आइडलका लागि नारायणगढबाट अडिसन दिएका सागर सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्लस टु अध्ययन गर्दै छन्। २० वर्षीय सागर चितवनको नारायणगढ निवासी हुन्। औपचारिक रूपमा कहिल्यै संगीत नसिकेका उनको परिवारमा भने सांगीतिक माहोल छ। गीतसंगीतप्रति आस्था र विश्वास छ।
सबै प्रकारका गीत गाउन र सुन्न मन पराउने उनलाई नारायणगोपाल गुरुवाचार्य, भक्तराज आचार्य, ज्ञानु राणा, तारा थापा र एड्रियन प्रधान मनपर्ने गायकगायिका हुन्। नेपाल आइडलमा उत्कृष्ट चारसम्मको यात्रा तय गर्न सफल उनी उत्कृष्ट तीनमा परेकामध्ये बुद्ध लामाको स्वर मन पराउँछन्। यहाँसम्म आइपुग्नुलाई उनले ठुलो उपलब्धि ठानेका छन्।

‘मेहनत, नयाँ शैलीको स्वर र श्रोता दर्शक एवं परिवारको माया, साथ र आशीर्वादले यहाँसम्म आउन सकेँ’, उनले भने। नेपाल आइडलमा यहाँसम्मको यात्राले आफ्नो सांगीतिक यात्रा अगाडि बढाउन सजिलो हुने उनले विश्वास लिएका छन्।
News from: annapurnapost.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/