Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Pratap Das. Show all posts
Showing posts with label Pratap Das. Show all posts

नेपालबाट नै कसरी Nepal Idol मा भोट गर्ने


If you are a fan of any of the #NepalIdol Season 1 contestants, you can cast your valuable vote via SMS, which operates charges you per SMS.

You can now VOTE for FREE using the method explained here:
1) Download Nepal Idol Finale App, not Nepal Idol or update your current App from respective store
2) Now Change your Timezone from Mobile setting (Kathmandu (+05:45) to another city out of nepal or another country. For example: Change your Timezone to Sydney or, Ontario, or London or whichever you want.
3) Login with Facebook account or Gmail account
4) Choose your favourite contestant, but wisely
5) When you vote, App asks your current location. Choose the country according to your Timezone set in your mobile. For example, Australia, Canada or United Kingdom, etc
This way you can use Nepal Idol Finale App to vote 50 votes per email per day from Nepal as well.
Keep voting and make your favourite and deserving candidate, first ever #NepalIdol.


बनेपा महोत्सवमा प्रताप दासले हजारौं दर्शक नचाए


काभ्रे : नेपाल आइडलको टप तीनमा पर्न सफल गायक प्रताव दासले बुधबार बनेपा महोत्सव हजारौ दर्शकलाई नचाएका छन्। महोत्सवमा तीन वटा गीतमार्फत् प्रतापले सबै दर्शकलाई छमछम नचाएका हुन्। गीत गाउँदै प्रतापले आफूलाई नेपाल आइडल बनाउनका लागि भोट गर्न आग्रह गरे। उनका शुभचिन्तकले उनीसंगै सेल्फी लिँदै नेपाल आइडल बन्न अग्रिम शुभकामना समेत दिएका छन्।

कार्यक्रमा घण्टौदेखि प्रताव दासको पर्खाइमा बसेका दर्शक र उनका शुभचिन्तकले उनको आगमन संगै पाँच मिनेटसम्म उनको नाम एकै स्वरमा उच्चारण गर्दै समर्थन गरेका थिए। प्रतापको गायकीको प्रशंसा गर्दै बनेपाका मेयर लक्ष्मीनरसिंह बाद छमछमी नचेका थिए।
News from: Annapurnapost.com

WATCH NEPAL IDOL Sept 8, 2017 Episode



नेपाल आइडलको उत्कृष्ट चारबाट सागर आले बाहिरिए

काठमाडौं : एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपालको सर्वाधिक रुचाइएको रियालिटी शो ‘नेपाल आइडल’ को उत्कृष्ट चारबाट सागर आले बाहिरिएका छन्। सागर बाहिरिएसँगै नेपाल आइडलको अन्तिम प्रतिस्पर्धाका लागि प्रताप दास, बुद्ध लामा र निशान भट्टराई पुगेका छन्।
एपीवान टेलिभिजनले प्रिमेन्टल मिडिया र १९ टीभी लिमिटेडको अन्तर्राष्ट्रिय फरम्याट अनुसार नै निर्णायकले भिटो प्रयोग गरी अघिल्लो साताको एपिसोडलाई ‘नो इलिमिनेसन एपीसोड’ घोषणा गरेका थिए। चारैजना प्रतियोगी एकसाता संगै रहन पाउँदा खुशी भएका थिए। यो साताको निर्णयले अघिल्लो साताको सागरको खुसी यस पटक खोसिएको छ।
नेपाल आइडलको अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर २२ मा कतारमा हुँदैछ। फाइनलमा पुगेका तिनै जना खाली हात फर्कनु पर्ने छैन। तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन्।

सबैका प्रिय सागर
नेपाल आइडलका लागि नारायणगढबाट अडिसन दिएका सागर सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्लस टु अध्ययन गर्दै छन्। २० वर्षीय सागर चितवनको नारायणगढ निवासी हुन्। औपचारिक रूपमा कहिल्यै संगीत नसिकेका उनको परिवारमा भने सांगीतिक माहोल छ। गीतसंगीतप्रति आस्था र विश्वास छ।
सबै प्रकारका गीत गाउन र सुन्न मन पराउने उनलाई नारायणगोपाल गुरुवाचार्य, भक्तराज आचार्य, ज्ञानु राणा, तारा थापा र एड्रियन प्रधान मनपर्ने गायकगायिका हुन्। नेपाल आइडलमा उत्कृष्ट चारसम्मको यात्रा तय गर्न सफल उनी उत्कृष्ट तीनमा परेकामध्ये बुद्ध लामाको स्वर मन पराउँछन्। यहाँसम्म आइपुग्नुलाई उनले ठुलो उपलब्धि ठानेका छन्।

‘मेहनत, नयाँ शैलीको स्वर र श्रोता दर्शक एवं परिवारको माया, साथ र आशीर्वादले यहाँसम्म आउन सकेँ’, उनले भने। नेपाल आइडलमा यहाँसम्मको यात्राले आफ्नो सांगीतिक यात्रा अगाडि बढाउन सजिलो हुने उनले विश्वास लिएका छन्।
News from: annapurnapost.com

‘नेपाल आइडल’ को मतगणना यथास्थितिमा राख्न आदेश, कार्यक्रम नरोकिने

काठमाडौं : जिल्ला अदालत काठमाडौंले ‘नेपाल आइडल’ सम्बन्धी कार्यक्रमको मतगणना शुक्रबारसम्मका लागि अघि नबढाउन एपी वान टेलिभिजनलाई आदेश दिएको छ।
काठमाडौं जिल्ला न्यायाधीश दिवाकर भट्टको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो। नेपाल आइडलका लागि भदौ १६ गते भएको ‘भोटिङ’ अनुरुपको गणना अघि बढाउनुपर्नेमा पुनः भोटका लागि आह्वान गर्ने कार्य त्रुटीपूर्ण रहेको दाबीसहित अधिवक्ता यज्ञमणि न्यौपानेले उजुरी दिएका थिए। उजुरीमा भएको सुनुवाइपछि शुक्रबारसम्म भोट गणना कार्य रोक्न अदालतले अल्पकालिन अन्तरिम आदेश दिँदै निवेदक र एपी वान टेलिभिजनलाई छलफलमा डोकेको हो।
यो विषयमा शुक्रबार दुवै पक्षबीच इजलासमा छलफल भएपछि निर्णय हुने भएको छ। गत भदौ १५ गतेको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतिपछि भोटिङ खुला गर्दै राति ८:४५ देखि अर्को दिन बिहान १२ बजेसम्म समय दिइए पनि उक्त भोटका आाधारमा कसैलाई पनि आउट नगरिएको प्रश्न अधिवक्ता न्यौपानेले उठाएका थिए।
जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ।जिल्ला अदालत दर्ता शाखाका अधिकृत टीकासिंह खत्रीका अनुसार भोटका आधारमा भदौ १६ गते कसैलाई आउट गर्नुपर्नेमा नगरिएको दाबीसहित अधिवक्ता न्यौपानेले करार ऐन २०५६ को दफा ८७ (१) अनुरुप अदालतमा उजुरी दिएका हुन्। अदालतको आदेशपछि नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेलले अदालतको आदेशलाई सम्मान गर्दै पहिले नै प्राप्त भोटकै आधारमा छनौट गरिने बताएका छन्।

नेपाल आइडलका चारै प्रतिस्पर्धी सुरक्षित (फोटोफिचर)

Source: Annapurnapost.com

नेपाल आइडलमा भोटिङ गर्दा पैसा नलाग्ने

काठमाडौं : यस हप्ता नेपाल आइडलका लागि भोटिङ गर्दा पैसा नलाग्ने भएको छ । नेपाल आइडलले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी यस्तो जानकारी दिएको हो । नेपाल आइडलका लागि अन्तिम तीन प्रतिस्पर्धीको छनौट गर्नका लागि एसएमएस भोटिङ गर्ने समय एक साता बढाएपछि नेपाल आइडल आयोजकको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
गतहप्ता कोही पनि नबाहिरिने निर्णय आकस्मिक रुपमा गरिएको नभइ  उक्त  ‘नोएलिमेसन एपिसोड’कार्यक्रमको पूर्व निर्धारित तालिका अनुसार नै  गरिएको नेपाल आइडल आयोजकले जनाएको छ । 
यस्तो छ नेपाल आइडल आयोजकले जारी गरेको सूचना

सूचना
गत हप्ताको नो एलिमिनेसन एपिसोड फरमेट बमोजिमनै भए पनि एसएमएस भोटिंगमा यहाँहरुले खर्च गर्नु भएको पैसा र सम्बन्धित प्रतिस्पर्धीहरुले पाएको गत हप्ताको भोट यस हप्ता प्राप्त भोटसँगै गणना हुने विदितै छ । यसबारेमा सामाजिक संजालहरुमा देखिएको जिज्ञासाका बारेमा फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन गर्न विशेष व्यवस्था गदै चलिआएको SMS व्यवस्थाका साथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ ।
यसका लागि भोट गर्नुपूर्व ईच्छुक दर्शक महानुभावहरुले नेपाल आईडलको एप डाउनलोड गर्न सक्नु हुनेछ र आफ्ना मनपर्ने प्रतियोगीलाई एक लोगिन आइडिबाट ५ भोट निशुल्क गर्न सक्नु हुनेछ । केही गुनासा भए सभ्य भाषामा व्यक्त गरौ तर नेपाली च्यानल र नेपालमा बनेका स्तरीय शो बन्द गराएर विदेशी परनिर्भता लागि समाज बिगार्ने दलालबाट जोगियौ.
News Source: annapurnapost.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/