Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मधेस अान्दोलनमा समर्थन गर्ने भारतीय नेताको बचन

राैतहट-संयुक्त मधेसी मोर्चाका शीर्ष नेताले आइतबार जनता दल युनाइटेडका राष्ट्रिय अध्यक्ष शरद यादव र कांग्रेस अाइका नेता करण सिंहसँग भेटघाट गरेका छन्। भेटमा मोर्चाका शीर्ष नेताले मधेस आन्दोलनमा समर्थन जनाएर नेपाल सरकारलाई माग सम्बोधन गर्न बाध्य पार्न अाग्रह गरेका छन्।
‘नयाँ संविधानमा मधेसी समुदाय उपेक्षित भएको तथ्य यहाँका नेताहरूलाई बुझाउने प्रयास गर्नुभयो,’ दिल्लीस्थित मोर्चा निकट श्रोतले नागरिकन्युजसँग भन्यो ‘अान्दोलन गर्न पर्नुका बाध्यताबारे वहाँहरूले जानकारी गराउनु भयो।’


भारतीय सरकार र त्यहाँका प्रमुख दलहरूको मधेस अान्दोलनमा समान धारणा बनाएर अान्दोलनमा समर्थन गर्न र नेपाल सरकारमाथि दबाव थप्न मोर्चाको तर्फबाट अाग्रह गरिएको श्रोतको भनाइ छ। कांग्रेस अाइका नेता सिंहले मधेस अान्दोलनकामा भारत सरकारको तहबाट र अाफ्नो दलबाट साथ जुटाउने बचन दिएका बताइएको छ।

सिंहसँगको भेट अघि जनता दलका अध्यक्ष यादवसँग भेटेका मोर्चा नेताले अान्दोलनमा साथ चाहेको प्रष्टसँग राखेका थिए। मोर्चा नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवले सिंह र यादवलाई संयुक्तरूपमा भेट गरेका थिए।
News from nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/